उनीहरु आजभोलि घण्टौं फेसबुकमा कुरा गरी बस्छन् । बाटोमा हिड्दा, गाडी चलाउंदा पनि फोनबाट मीठामीठा बार्तालाप गरिरहन्छन् । दुबैलाई यस्ता क्रियाकलापहरु नसा जस्तो भईसक्यो । कुनै पनि कुराहरु उनीहरु बीच हुन्छ । अचेल सरुलाई धेरै पछि फेरि फूलहरु मन पर्न थालेकोछ । उनलाई सबैभन्दा मन पर्ने उपहार फूल हो । लोग्नेसंगको सम्बन्ध बिच्छेद पछि उनलाई फूल मन पर्न छाडेको थियो तर आजभोलि फेरि फूलसंग माया प्रिती गांस्न थालेकी छिन् । उनले फेसबुकमा फोटो राख्न सुमनलाई धेरै पटक कर नगरेकी पनि हैनन् । तर समय आएपछि भन्दै सुमनले जहिले पनि टार्ने गर्दथ्यो । प्रतिक्षाको फलनै मीठो हुन्छ भनी जिस्काएर टार्ने गर्दथ्यो । सरु पनि मानिसको रुपमा भन्दा गुणमा बढी बिस्वास गर्ने भएकीले भइ हाल्यो नि भनी त्यसलाई महत्व दिइन । उनलाई सुमनको कुरा गराई लेखाइमानै उनी डुबिसकेकी थिइन् । ती दुबै एक अर्कोसंग फेसबुकमा, फोनमा कुरा नगर्ने हो भने पागलै हुन्छन् होला यसरी नै बर्ष दिन बित्न लाग्यो । आज भ्यालेनटाइन डे (प्रेम दिवस) हिजो मात्र दुबैले फेसबुकबाट कुरा गर्दागर्दै सुममले एक्कासी उसको घरमा आउने प्रस्ताव राख्दछ । सरु पहिला त डराउछिन् । माया प्रिती भनेको रुप तथा शारीरिक सम्बन्ध मात्र हैन भन्ने उनलाई लाग्छ । आप्mनो रुपका कारणनै लाग्नेसंगको सम्बन्ध बिग्रिएको घटना सम्झिन्छे । त्यसैले सुमनले फेसबुकमा फोटो नराखी उनलाई मन पर्ने गुलाफको फूल राख्दा पनि सरु सन्तोष नभएकी हैन तर के गर्ने सुमनको भेटने प्रस्तावलाई नकार्न पनि सकिनन् । यो जिन्दगीको चाहना पनि त होला नि । फेरि आगो दुबैतिर उत्तिकै लागेको छ । सुमनको एउटा शर्तपनि छ की रातमा उनको घरमा जानु पर्ने । सरु डराई डराई त्यो रात सुमनले दिएको ठेगानामा पुग्छे । सरु अनभिज्ञ भएपनि सुमनले सरुलाई चिनेरै आप्mनो गल्ती महसुस गरेर उनलाई फेरि स्वीकार्ने बहाना खोजीरहेको थियो ।
सरु सुमनको घरमा राती नै पुगी । ढोका खुल्लै थियो, सरुलाई ढोका देखिनै गुलाफको फूलले स्वागत गर्दछन् । अनि सुममले भने जस्तै फूलैफूलको बिछ्यौनामा पुगी सरु । सरुले सुमनलाई नदेख्दै सुमनले सरुलाई आप्mनो बाहुपासमा बाँधिसकेको हुन्छ । दुबै एक अर्कामा हराउंछन् । यस्तो सुखको अनुभृ्ति दुबैले पहिलो पल्ट महसुस गर्दछन् । बिहान अबेरसम्म सरु निदाई रहिन । सुमनले चिया ओछ्यानमा नै लिएर आए । सरु झस्किइन् । अनि अचम्म मानिन् । सुमन उनको घुडा अगाडि बसेर माफी माग्दछ र फेरि पुर्नमिलनको लागि औंठी दिन्छ । सरु केही अनकनाई र पनि सहर्ष औंठी स्वीकार गरी, आखिरमा नारी हृदय न हो, पग्लि हाल्यो । एक छिन चुपचाप रोई सरु, सुमन पनि रोयो, सन्नाटाबीच दुबै रोए एकछिन । सुमनले माफी पायो । मायाको पर्ब भ्यालेन्टाइन डे आजको दिन प्रत्येक बिछोडिएका प्रेमीप्रेमिकाको हाम्रो जस्तै मिलन होस भनी दुबैले ईश्वरसंग प्रार्थना गर्दै फेरि एक अर्कामा हराउन पुगे ।
न्यृ्योर्क, अमेरिका
(स्रोत : ekabita.blogspot.com )