शब्द ,बिम्व र अर्थमा खेल्नु पर्ने । प्यासमा लोलाएर टल्पलाएका सपना बिच तीम्रो नामको हार्दिकता ।भावनको चञ्चल गहिराईको उत्कट अभिलासा ।प्रिय जिन्दगी तिम्रो नाममा ..उपहार अलिकति मायाको लयभित्र ,रङ्गभित्र ।त्यसैले म ।
प्रिय सानु
नाम लेखु नलेखुमा दोधार रहे ।फगत तिम्रो आस्था ,मेरो आस्था ।फरक जिन्दगीको एउटा कित्ता ।उकालि ओरालि र भञ्याङ् ।प्यास भित्र लोलाएर ,जुन संग टोलाएर ,सपना संग खेलेर म तिम्रो छाया चुम्बन गरिरहेको छु ।हल्का,मधुर मायावि छतिभित्र तिम्रो नाममा ,वस मनभरीका अनेकन तरङ्ग भित्र ,फगत जिँउनुको केहि हिस्सासंग । हुन सक्छ मेरो पागलपना ।र पनि माया गरिररहेको छु ।
ओ आत्माकि ढुकढुकी ,मैले आत्मा सम्बोधन गरे अव्यक्तशब्दले ,अव्यक्त सायताले यस्तो पनि हुदोरहेछ ।कञ्चनता र पवित्रताको आत्मिक सगरमाथा उचालेर ।माया ,प्रेम युवा युवाति वा जीन्दगीको एउटा पाटो ,रंगिन पाटो सार्थक पाटो आनिवार्य पाटो ।तिमि अर्थात कोहि ..मुटुको गहिराईको आन्तरीक तहसम्म ,गुलाविनयनको जादुमय झस्का भित्रको मायालु अनुभुक्तिका आत्मीकता ।ओ जिन्दगी मायको लहरबाट ,सुगन्धित गुलावि चौतारीबाट तिमिलाई शाब्दिक पुरस्कार ।शाब्दिक लयात्मक सयलताको अकिञ्चन ।
प्रेमहुनु,प्रेमील कलिभर भित्र विवाह अनिवार्य होइन ।कञ्चनता भित्रको प्रथमता प्रेमका लागि विवाह समान्य ।प्रेम मुटुवाट हुन्छ विवाह दिमाख बाट ,प्रेम भावनाबाट हुन्छ विवाह अर्निवायताबाट हुन्छ ।नत्र लैला मैजुन ,मुनामदन ,राधा कृष्ण,रोमियो जुलियट…तिमि गाँसेर यि मा म हुनु त छैन तिमि र म हुनुको अनुमान सार्थकतामा ।गुलावि नयन भित्र लोलाएका तश्विर मेरै जस्तो लागेर भावना भित्रको चरमता ,गहिराइ भित्रको हार्दिकता ,जिवनसंगको सार्थकता त्यही बिच तिमि खोजिरहेछु ।बाँच्नुको हिस्सामा ..सुलोलितताको श्रृखलाबिचको कष्टता च्युत गर्दै आस्थाले,पुजनियतालृ,हार्दिकताले ..माया बस तिम्रो माया अर्थात…
सादा जन्मेको,अफ्ठ्यारोमा ,जटिलता टेकेर बाचिरहेको व्यवारीकता र भावनाको लहर संगै मनपराउनुको सिमा हिनता टेकेर तिम्रो रस्ति बस्ति सम्म ,चुलो चौका सम्म ,छातिभित्रका गहिराई सम्म ,सितलता र संरक्षरणताको लयात्मक ,लालित्य वास खोजिरहेछु …निरन्तर ।
तिमी हुनु ,तिम्रो पना हुनु,सौन्दर्यताहुनु ।सम्झनाका कलिबरहरु रगिंन बनेर उकाली आरालि ,अक्कर छिचोलेर तिम्रो नजर सम्म ,प्रेमिल कविताको लाइन सम्झेर भावनाको महल सम्झेर ।तिम्रो सागरपना भित्र मोति खोज्दै ।टल्किने रहरमा ।
माया आफैमा पवित्र शब्द ,शालिन ,भव्य शब्द ।त्यहि भित्र तिमिलाई आस्था बनाएर अर्थात पुजा बनाएर ।हार्दिकताका ढोवहरु हार्दिकतानै सुम्सुम्याएर चुमिरहेछु ।तिमी अर्थात आँखाकि नानि ,मुटुकी घड्कन ,अरु अरु ..ब्यक्त हिन शब्दको तरलता बस अनिश्चितताको पहाड बिच भावनाको हरेक तहमा ,सम्झनाको हरेक प्रहरमा ,सपनाको हरेक तहमा ,कल्पनाके मुख्यतामा तिम्रो रुप रंगिन बनेर नाचिरहेछ ।वास्तवमा तिमि आफै रंगिन छौ ।सप्तरङगि माला ओडेर मेरो आँखाको बाटो भएर मन मरी तन भरी ।
माया भन्नु ले बाच्नुको बाटोभरीका कडा पन्छाएर जिन्दगीको निरासका पर्खाल तेड्दै यात्राहरु गरिरहने ..सम्झनाका चौबाटो बिच स्नेहका माला ओच्छ्याएर ,सम्बन्धको धरातल सजाएर तिम्रो वस्तिको पानि पिउन आतुरताको विशालता च्यापिरहेछु ।तिमि अर्थात सोन्दर्यताकी प्रतिमुर्ति ..सपनाकी राजकुमारी ।मायाले नजिकपना चाहादो रहेछ ।समिप्यताको परिकल्पनामा डुलाउलो रहेछ कहिले चियाबारी ,कहिले गडि गाउ कहिले डाँडा काडा ..गुणासजस्तै मन र शिर सजाएर ।
तिमिसंगको भेटले अनायासै जन्माएको प्रेमतत्व आज सम्म अविछिन्न आशाको निरन्तरता ।सफल जिन्दगीको परिकल्पना भित्र तिम्रो प्रमुख उपस्थिति ।नयन भरि उदाएको सपनाको लहर ।तिम्रो वस्ति सम्म पुग्ने रहरले थिचिएको मौनता ।मौनताबिचमा उत्पन्न हुने प्रेमिलता तिमि भएर म सम्म ।प्रकास कोविदका उपन्यासका कथा जस्तै ।अनिश्चितताको पहाड टेकेर तिम्रो हृदयको गहिराइ सम्म स्पर्सका स्वादहरु चुम्न चाहान्छु ।म आगो होइन बल्न सक्तीन म पानि होइन बगाउन सक्तीन ।म अद्भुद होइन आकासका तारा चुम्न बस म मान्छे हु सानो मान्छे ।।दुनियाले ठगेको ,अभाव वाँचेको ,भाग्य लुटिएको तरपनि तिमिलाइ माया गरिरहन्छु ।माया मा सवै अफ्ठ्याराहरु साना हुन्छन ।अघि लेखेझै माया भवानामा हुन्छ ।अवसर ,अवस्था रबाहिरीपनामा होइन। म त्यहि भावनाको डुङ्गा बनाएर तिम्रो मनभित्र बास खोजिरहेछु ।हो मेरो प्राप्ती ,मेरो पुन्य मेरो पुजा तिम्रो अन्तर हृदयमा बास खोजिरहेछु ।
मेरो चाहानाभित्र तिमी पर्नु पक्कै स्वार्थता होइन ।वास्तवमा प्रेम हुनु पक्कै स्वार्थता होइन ।प्रेम शव्दको दुरुपयोग गर्ने ले मात्र निबन्द
यो कुरा खोज्छन ।
प्रिय मन ,प्रिय भावना ,,
तिम्रो नाम बाट तिम्रो तहबाट जिवनको अनुभुति सयलतामा छु ।प्रेमील परिकल्पना मा छु ।जिवन हनुको अर्थवाट अनिवार्यता श्रृखाला ।कञ्चन प्रेममयताको स्थापना ।दुनिया दृष्ट्रिदोषताको बिचबाट उनलाई अर्थात कसैलाई माया गरिरहेछु ,मन मन बाट।
(स्रोत : Rajbanskota.wordpress.com)