अझै थाकेका छैनन्
नङ्ग्रा र दात खियाएर
सत्ता नाम को सिनु लुच्छ्ने हरु
अझै लज्जाएका छैनन्
नांगिएर कुटिल हासो हास्ने हरु
ती भोका नङ्ग्रा र दात हरु
देख्दैनन ,सुन्दैनन
पीडा नेपाली आत्मा हरुको
जालोले ढाकेर हो की
आखा र बिबेक मा
अझै बुझ्दैनन र सोच्दैनन
नया बादशाह हरु
समय को भाषा
अझै घिस्रदै छन्
होटेल र रिसोर्ट हरु
लत्याउदै जन आवाज हरु
मनोरंजन भएको छ
नागरिक को कस्ट हरु
यो कस्तो नसा रहेछ
शहिद को रगत मा ?
बादशाह हरु रमाई मात्र रहने ?
उनि हरु सुन्दैनन
जीवन जल न् पाएर
छटपटिने हरु को आवाज
उनि हरु लाइ दुख्दैन
अस्पताल न् पाएर मर्ने सुत्केरी को चित्कार
नया बादशाह हरु ले बिर्सिसके ?
देश प्रति को कर्तब्य र जिम्मेवारी
अझै सत्ता कै छिना झम्टीमा छ
नया बादशाह हरु को डयार डयार डुर डुर
अझै तापिरहे छन् रमाउदै आगो
जलाएर आफ्नै घर ।।
(स्रोत : Pustaksansar.com)