~नरेश नाति~
मेरो आफन्तको तीन तले मुन्डा घर काठमाडौं शहरमा । दुई दुई ओटा मोटर साइकल र एउटा मोटर कार पनि छ । न खान न लाउन कुनै पीर र ढुख छैन उसलाई ।
यस्तो तीन तले मुन्डा घर मेरो भए त ! तलको बाँकी कोठाहरु भाडामा लाउँथे र आएको घर भाडाले बसि बसि खान्थेँ । अझ यसमा एक तला थपेर माथिल्लो तल्लामा हावा खाने मजाको ठाउँ बनाउथेँ । यस्तै यस्तै कुराहरु खेलाउदै गाउका लालबहादुर पाहुना भएर आफन्तको घर शहरमा बसेका छन् । उता मेरो गाउको घरमा टिनको छानो छ । पानी पर्दा टिन थर्किएर कान टाल्नु पर्छ ।
उज्यालो छैन एउटा सोलर भए त बत्ति पनि यो शहरमा जस्तै बालेर मोबाईल पनि चार्ज गर्न सजिलो हुने थियो । सके एउटा टि.भी पनि जोडेर देश बिदेशको खबर सुन्न सकिन्थ्यो ।
हेर मेरो आफन्त शहरमा बसेको कत्ति स्ट्यान्डर्ड देखिन्छ । खान पनि मिठो नै खाएको छ । लाउन पनि राम्रो नै लाएको छ । दुई दुई वटा मोटर साइकल र एउटा मोटर कार पनि छ । हुन त उनिहरुको जस्तो मेरो जिन्दगीमा अन्तर हुनु स्वाभाबिक छ । म एउटा गाउमा बसेको मान्छे गाउको स्वाभाबिकता ममा छ, गाउको चाल् चलन, बास्ना र रुप नहुदो त म के गाउले ।
म आँफैमा गर्ब गर्न सक्छु नि लालबहादुर मन मनै फुलिन्छ आँफै । फेरी शहरको त्यो बिल्डिङ घर, गाडी, मोटर साइकल, सुबिधा र झिलिमीलि रौनकता ढेखेर लोभ र डाहा पनि नलागेको हैन । एउटा सानो कामले आफन्तको मा बसेको २ हप्ता भैसक्यो काम भने बन्ने हैन । अझ केही दिन त बस्नै पर्ला लाल बहादुर सोच्छ । राजधानी जस्तो ठाउमा घर किनेर बसेको छ मेरो आफन्त । करोडको घर छ मेरो आफन्तको शहरमा ।
करोड पतिको घरमा दुई चार हप्ता बस्दा कुनै गाह्रो कुरा छैन। गाउमा आओस न दुई महिना राख्नन सक्छु म यि आफन्तहरु लाई । यस्तै सोच्दै बस्दै एक दिन लाल बहादुर घर आफ्नो गाउ फर्कन्छ । भित्री कुरा थाहा पाउछन भनेर डराएको शहरबासी आफन्त आज लामो सास फेर्छन । बल्ल….गयो.. उफ्फ…….. !
सेरिया, ब्रुनाई
(स्रोत : Paniphoto.com)