फेरि आयो नव बर्ष उत्साह नै लिएर
दुई हजार् एघारलाई अन्तिम् बिदा दिएर ।
जहाँ बसौं जे नै सोँचौं बद्लीरन्छ समय
जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर ।
दुई हजार् एघार साल जे जसरी बिते नी
बार्ह सालमा बाँच्नु पर्छ मन्को घाउ सिएर ।
सबै मिली हाँसी खुशी बाँचौँ अब मिलेर
सुकी जाओस् मन्को पीडा नास होस् खिएर ।
अतितको रिसराग तिलान्जली चढाई
जीवनलाई सार्थक् बनाउँ सद्भावले जिएर ।
( रचना -डिसेम्बर ३० /२०११ )
(स्रोत : Ekabita.blogspot.com)