~हरिवोल काफ्ले~
गोपाले भन्थो, “उ वेलामा बावुले वुद्धि विगारे” । उसको वाउले ओपिको दुई रोपनि गलखेतसंग दाप्चे खोला पारि नौविसेको पाच रोपनि खेत साटेका थिए । कँहाको दुई वालि धान फल्ने गलखेत, कँहाको वर्षा लागेपछि तर्न नसकिने दाप्चे खोलाको भेल र पारिको खेत । एकपटक झण्डै उसकी दुलहि सहित काखि च्यापेको छोरो भेलमा नहेलिएको । वडो मुस्किलले असार र मंसिरको चटारोलाई टार्नुपथ्र्यो उसले ।
नौविसे खेत केहि वर्ष त गोपालेले कमाउन छाड्यो । तर उसको वर्षदिन आदावाटोको खोरिया वारिले धानेन । त्यो वर्ष अचाक्लि दुख पायो, खाने सामलले पुगेन । अर्कौ एक वर्ष पाकेको वालि पनि भित्र्याउन पाएको थिएन क्यारे । गाउमा ऊ जति दुख पाउने अर्को थिएन । एउटी छोरी पनि जन्मिएकी थिई । त्यसपछिको अर्को वर्षमा उसकी दुलहिले संसार छोडि । विचरोले अर्को विवाह पनि गरेन । छोरो र छोरिलाई मेलापात वाट नै हुर्कायो । औधि माया लागेपनि नसकि नसकि छोरोलाई पढ्न काठमाण्डौं पठायो ।
समस्याको जरो अर्कै थियो । खनालथोके झंक खनालको संधियार थियो, उ । खेत साट्ने वित्तिकै दुस्मनि शुरु भईहालेको थियो वाउकै पालामा । वाउले छाडेको दुस्मनसंग छोराले पनि जिन्दगिभर मुकाविला गर्नुपर्ने स्थिति थियो । झंक खनालको रवाफ ठुलो, उपप्रधानपञ्च हुदै जिल्ला सम्मको तजविज मिलाउन सक्ने हैसियतका थिए । उनिसंगको दुस्मनि सहेर वस्नुको विकल्प थिएन ।
तर समय फिर्दो पनि रहेछ । पञ्चायत लड्ने वित्तिकै झंक खनालको रवाफ रित्तिदै गयो । पछि माओवादिको विगविगिले उनि गाउमा टिक्न सकेनन् र सदरमुकाम आएर वसे । भने जति आर्थिक सहयोग त गरेकै हुन् तर पछि दशैंमा गाँउ आएको मौका छोप्यो त्यतिवेलाको माओवादिले । मतियार भन्दै रिसको कारण जोरसल्लेको भिरमा लगेर गोलि ठोकेछन् ।
समय फेरियो, ऊ वेलाको कुरा गोपालेले विर्सिएछ । वि. पि. राजामार्गले नौविसेको खेत चिरिदियो, घरेडिको भाउमा हात लाग्ने भयो । छोरो इन्जिनियर, सडक विभागको जागिरे छ । समयले केहि सिकायो, झंक खनाल मारिएको खवर सुनेको दिन संसारै सुनसान भए जस्तो लाग्यो । उसको दुस्मनिले अन्तर आत्मीयतालाई मार्न सकेको रहेनछ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )