प्रवासको लामो समय पस्चात जन्मभूमी पुग्दाको खुसीको बयान गर्न नीकै गार्हो पर्छ मलाइ ! त्रिभुवन अन्तर्रास्ट्रीय बिमानस्थलमा प्लेन बाट तल ओर्ली मातृ भुमीमा पाईला चाल्दाको त्यो अनुभब ” बचपनमा आमाको काख बाट ओर्लीदै आफू जन्मेको घरआँगनमा छुनुमुनु गरेको ” जस्तो लाग्यो ! झट्ट मेरा आँखा जुधन पुगे स्वयम्भूका दुई आँखा सँग अनी ङिच्च हाँसे ! यसो फर्की अली उभो सिर गरी के हेरेथे मलाई हेर्दै हिमाल मुस्कुरई रहेका थिय ! दङग परी के हर्दै थिय एक प्रहरी अधीकृतले हकार्दै भने ” के लाटाले केरा हेरेझै हेरी बसेको ? छिटो यता जाउ ” ! झसङ्ग हुदै गन्तब्य तर्फलागे !
बिमानस्थल भित्र निकै खचाखच भीड थियो ! यस समयमा ४/५ गोटा बिमानहरू भरखरै अवतरण भयको कारण सामान आईपुग्न निकै समय लाग्नु सोबाभीकै थियो ! २ घण्टा पछी सामान आयो र म आफ्नो सामान बुझी लिएर बाहीर आउने क्रममा कर्मचारी पास लगाएका एक बयक्तीले जबर जस्ती यो काम हामीले गर्नु पर्छ भन्दै सामान लिएर बाहीर निस्के ! पछी पछी लाग्दा सामान ट्याक्सीमा पुर्यायो ! हाम्रो घरबाट आफन्त लिन आएकाछन ट्याक्सी पर्दैन भन्दा पनी जबर जस्ती गर्दै एउटा कारमा अडदैन भन्दै निकै लामो बिबाद गरी अन्तमा मैले आफ्नो गाडीमा सामान हाले ! तिब्यक्तीले अब पैसा दिनु भन्दै झगडा गर्न लागे र के को पैसा भन्दा ? यत्रो काम गरेको देख्नु भएन भीत्र देखी दुख गरी सामान ल्याको ? कती झगडा गर्ने भो लौ जानुहोस भनी मेरी जिवन सँगीनीले रू ५०० को नोट हातमा राखीदीइन ! अझै कमता भयो भन्दैहिँडे र हामी पनी घर तर्फ लाग्यौ !
चारैतीर नियाल्दै घर तर्फ जाँदै थियौ ठाँउ ठाँउमा मानीसहरूको निकै लामो लाम रहेछ ! खाना पकाउने ग्याँस कीन्न कैयौ दिन लाम बस्दा पनी नपाएको गुनासो कुनै अनौठो त्यहा रहेनछ ! सडकमा गाडीको चाप निकै बडेको महसुस भयो ! जताततै मानीसको भिडभाड ज्यादै लाग्यो ! रोड ट्राफीक नियमको अस्त ब्यस्तताले गाडी चडनै डरलाग्ने ! गाडी अगाडी बड्दैछ मन मनै सोच्छु धेरै कामछ भोली आफै गाडी चलाएर काहाँ काहाँ पुग्नुछ ! चीन्ता लाग्यो ड्राइभ गर्ने हिक्मत मर्दै गयो ! साँझ घर पुगे बिजुली रहेनछ कुनै चिन्ता लागेन ! एउटा कुरा सम्झे जुन खबरमा पढेको हीजो आज सहर भन्दा गाँउ उज्यालो छ भन्नेकुरो ! क्याण्डलको उज्यालोमा गफ गर्दै धेरै दिन पछी आमाको छेउमा बसेर साँझको खाना खाँदा असाध्य रमाईलो भयो ! बिजुली वा टुक्की बलेको ख्यालै भएनछ ! आमाका मिठा मिठा गन्थन र मेरा बचपनको कुराले आफू भरखर स्कुल बाट घर आएर आमाको छेउमा बसे झै लाग्यो !
भोलीपल्ट बिहानै कफी पिउदै जंङगब सरळाई टेलीफोन लगाय निकै खुसी ब्यक्त गर्नु भयो ! छोटो कुराकानी भयो उहाँ काठमाण्डौं युनीभरसीटी जान निस्कदै हुँदोरहेछ ! हतारमा भन्नु भयो “आज ३ बजे रसियन कल्चर सेन्टरमा साहीत्यीक कार्यक्रम छ आउनुहोला त्यही भेटैला ” मैले हवस भने ! दिउसोको खाना आमाको हातले पस्केको त्यो भान्छा असाध्य मिठो भयो ! दिउसो घरमा आमाको वर पर छुनु मुनु गरी बित्यो ! समय भयो कार्यक्रममा जाने ! आमा सँग बिदा हुदै साँझ फर्कन्छु भन्दै घरबाट बाहीर नीस्के चिनेको ट्याकसीलाइ कुमारी स्थान कमलपोखरी पुर्याइ दिन अनुरोध गरे ! बाटेमा ट्याक्सी ड्राइभरले सोधे किन आफ्नो गाडीमा नजानु भएको ? अनी मैले भने म जाने ठाउमा पार्किङ छैन ! सिटी सेन्टरमा गाडी पार्क गरी ट्याक्सी ळीएर जाऊ फेरी ट्याक्सी चडेर गाडी पार्क गरेको ठाँउ सम्म आउने झन्झट केलै गर्नु त्यसैले ! फेरी उनले भने ” सुबिदाले असुबिदा पैदा गरेको छ हगी ” ?
रसियन कल्चर सेन्टरमा अलीकता समय भन्दा चाँडो पुगेको हुँदा धेरै जना कवी ,साहीत्यकारहरू सँग चिनजान ,भलाकुसारी गर्ने सौभाग्य मिल्यो !
कार्यक्रम सुरू भयो ! कवीता वाचन , गीत , नेपली तथा रूसी साहीत्यीक श्रष्टाहरूको योगदानको बारेमा चर्चा र छलफल बिभीन्न साहीत्यकार ज्यू बाट गर्नु भयो ! निकै रमाईलो लाग्यो मन्त्र मुग्द भएर सुनीरहे ! हरेक श्रष्टाको प्रस्तुती सक्नासाथ फुलको बुकी र खदा लगाइ दिएर सम्मान गरीएको थियो ! कार्यक्रम हलको अगाडी बाट तेस्रो लहरके सिटमा म बसेको थिय ! कार्यक्रमको करीब अन्त तिर साहीत्यकार ज्ञानु वाकर पौडेल ज्यूको मिठो गजल सुन्दै थिय ! उहाँळे अन्तमा ठट्यौली पारामा भनेको कुराले म झसङ्ग भय ! उहाँले भन्नु भयो ” यहा जतीले सबैके कवीता सुनी दिनु भयो धेरै धेरै धन्यबाद ! जसले आफ्नो कवीता सबैलाई सुनाएर अरूको नसुनी जानु भयो उहाहरूलाइ पनी धन्यबाद ” !
बल्ल पछी फर्केर हेर्दा ४० % सबै हिडी सक्नु भएछ !
अस्तु !
– राज थापा
आयरल्याण्ड
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com’ ईमेलबाट पठाईएको । )