~दोषबिहिन टुहुरी~
बेगिएर आएको आधिसरी
सारा बाधाहरु लत्याएर
हिमालको टाकुरामा घामको पैलो झुल्को संगै
मेरो संघारमा आयो
फेरि एउटा नयाँ युग
तिर्सनाले छट्पटाई रहेका चाहानाहरुमा
नाङ्गिएर नयाँ पालुवा पलाउदै गरेका बृक्षहरुमा
कोहिलीको सुमधूर कुहु कुहु सगै
घरको भित्तामा फेरीयो
फेरि एउटा नयाँ पात्रो
शुभकामनाका चिट्ठीहरु बोकेर
उन्नति प्रगतिका शुभकामनाहरु पाएर
थोत्रीएको जीवनले पनि
टेकेको छ अहिले यहाँ
फेरि एउटा नयाँ खुड्किलो
यात्रा उही छ एकनास घिस्रिरहेछु
धेरै-धेरै पैले देखि पाइलाहरु चालीरहे
तर गन्तब्य कहाँ हो ? थाहा छैन
एउटा मिठो सपना पूरा गर्ने दौडमा
मेरो अन्तरकुन्ज भित्र पनि
एउटा मिठो आंशा पलाउछ
अनि प्रतेक साल भनि रहेछु
शुभकामना तिमिलाई
तिम्रा प्रतेक आशाहरुलाई
नयाँ वर्ष तिमीलाई
शुभकामना
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )