“यी गुलाफका सुन्दर फूलहरु बगैँचामा आफ्नै बोटमा भएको भए राम्रो हुन्थ्यो । किन फूलदानमा सजाउनु भएको होला ?”
“तपाईँको कुरा ठिकै हो । तर मलाई यी गुलाफका फूलहरु साह्रै मनपर्छन् । यसैले दिनदिनै मालीले मेरो टेबुलमा राख्छ । मैले कुन रंगको गुलाफ रुचाउँछु भन्ने हाम्रो मालीलाई थाहा छ ।”
“फूलजस्तै बच्चाहरु पनि त तपाईँलाई मन पर्छ होला नि ?”
“के कुरा गर्नु भएको – बच्चाहरु त मलाई झन मन पर्छ । त्यो पनि सोध्नु पर्ने कुरा हो र ?”
“त्यसो भए किन बच्चाहरुको ….. ?”
(स्रोत : Dainikee.com)