~मदन दुलाल~
मान्छे कर्म गर्दैनन्
लाक्ष गृह बनाउछन
सुशासनको गद्धि ताक्छन
पाए त अन्याय र अत्यचार बडाँउथे
पितामह भीष्मको छाति टेकी
कपटको जुवाले
पछारिन्छन धर्मराजहरू
मान्छेले छोड्दैनन्
बाटो अधर्मको
भिमसेनको बाहुबल
मान्छे मान्दैनन्
डुक्रिन्छन उनीहरू
ब्रिकोदर भन्दा
बलिस्ट भन्दै
अन्धों राष्ट्र
कुरीरहन्छ
भिमसेनको धारीलो जिब्रोले
रगत चाटेको
दृश्य हेर्न
नुनिला आँशुको ढिका निल्दै
सुकेका रगतको टाटा हेर्दै
मान्छेहरू सँगै
अस्ताउनु छ
एउटा कालखन्डले
(स्रोत : रचनाकारले स्वयं ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )