~दोषबिहिन टुहुरी~
ढुंगे मन पग्लिएन सकिएन सम्झाउन लाई
हार भयो मेरो आज जिन्दगीमा हार भयो
सपना त देखाको थिन भनेकै थे मेरो ब्यथा
कसैले कै सुनायो कि बुझिनौ तिम्ले कथा
बगरको घर हो मेरो छाल सगै भत्की जान्छ
हिमालको हिउ झैँ मेरा सपना सबै पग्ली जान्छ
हार भयो मेरो आज जिन्दगीमा हार भयो
मैले हिड्ने बाटो किन सधै लाग्छ तिखो काडा
सकिएन बुझाउन बरु आफै जान्छु टाढा
जुन तारा झैँ बच्नु तिमि सबको नजरमा
फुल भै बास बस्नु सबको जिन्दगीमा
हार भयो मेरो आज जिन्दगीमा हार भयो
ढुंगे मन पग्लिएन सकिएन सम्झाउन लाई……
(स्रोत : रचनाकारले स्वयं ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )