नयाँ घर वन्ने कुरा सुने पछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सवैजना रमाए । अचेतन मन भित्र एउटा आसा पाले । आहा ! नयाँ घर वने पछि हामीहरुले पनि एउटा एउटा कोठा पाउनेछौ । त्यति मात्र होइन उनीहरु नयाँ घरको नयाँ कोठालाई कसरी सजाउने । टि।भी कता राख्ने । पलङ कता राख्दा ठीक होला । झ्याल कता फर्काउदा राम्रो होला भन्ने वारेमा सोच्न थाले ।
नभन्दै घरमा सवैजनाको एउटै मत भयो । नयाँ घर वन्नेमा पक्का पक्की नै भयो । घर त वनाउने तर कति कोठाको वनाउने । कोठा कस्ता वनाउने । अझ घर कति तलाको वनाउने भन्ने वारेमा त उनीहरुको एकमत हुनै सकेन । सवैले आ-आफ्ना अडान छाडेनन ।
घर पुरानै भए पनि त्यति कमजोर भने छैन । अलि कोठा नमिलेको मात्र हो । अहिले हामीसंग रुपैया पैसा पनि छैन । रुपया पैसा जोरजाम गरेर मात्र घर भत्काउनु पर्छ । त्यसैले अहिले यही घरलाई रङ् रोकन लगाएर वस्नु पर्छ । घरको एकजना सदस्यले यस्ता प्रस्ताव राख्यो ।
उसको कोठा गतिलै छ । ठूलो र फराकिलो पनि उतिकै छ । पूर्वतर्फ फर्किएको एउटा वरण्डाको कोठा पनि उसले ओगटेको छ । अनि उसलाई नयाँ घरको त्यति जरुरत नै किन पर्छ र भनेर अर्कोले विरोध जनायो । हुन पनि घर त अरुलाई चाहिएको थियो । अरुले कोठै पाएका थिएनन । कोही मतान कोही गाईगोठमा त कोही वाख्राको खोर नेर चिमले वारेर साने ठाउँमा अटाएर वसेका थिए । भएका कोठाहरु पनि समान आकारका थिएनन । कुनै ठूला थिए त कुनै ज्यादै साना । मथिल्लो तलाका कोठाहरु अनुपातिक रुपमा तल्लो तलाका भन्दा कमजोर थिए । वर्षायाममा पानी चुहिएर उतिकै हैरान पाथ्र्यो । त्यसैले उसको प्रस्ताव सही नहुँदा नहुँदै पनि खर्चवर्चका डरले सवैले सहमति जनाउन पुगे । असहमतिका वीचमा पनि सहमति वन्यो ।
रङ्ग रोकन त लगाउने तर कुन रङ्ग लगाउने । कस्तो रङ्ग लगाउने । कसरी लगाउने । त्यस कुरामा पनि समस्या आइलाग्यो । सवैलाई एउटै रङ्ग मन पर्ने कुरो पनि आएन । कसैलाई रातो रङ्ग मन पर्यो भने कसैलाई सेतो । केहीले त पहेलो रङ्ग लगाउनु पर्छ भन्ने प्रस्ताव पनि राखे । हरियो र निलो मन पराउने पनि लिक्लिए । कसैको एकमत हुन सकेन । विवाद चलिरह्यो ।
नयाँ घर वन्ला र आ-आफ्नो कोठामा वस्न पाइएला । आफ्नै चाहना अनुसारको सजावट गरौला भन्ने रहर पालेका केटाकेटीहरु हेरेका हेर्यै भए । उनीहरुको रहर रहरमै सिमित भैरहेको थियो ।
॥ इति ॥
(स्रोत : KhassKhass.com )