~विभोर बराल~
ठीकै भन्यौ बाटो त्यति सजिलो त हैन
सजिलोमै रम्ने मेरो बानी पनि छैन
चुनौतीको डढेलोले अाँखा तरे पनि
हिम्मतको हिमाल यो अहँ पग्लँदैन
सानो टुक्रा बादलको एउटै गुनासो छ
मलाई किन बास दिन्नन् तिम्रा दुई नैन
अणुबमको छहरिमा बुद्ध अर्ति दिन्छन्
चल्दै गर्छ हुरी अनि जल्दै गर्छ मैन
– विभोर बराल
2010-10-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.