डा. रवीन्द्र समीरका मुक्तकहरु

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

नेता

विकास र राष्ट्रियताको भजन गाइरहेको छ
त्यही धमिरोले देशलाई खाइरहेको छ
प्रत्येक वस्तीमा महँगीको भेल आइरहेको छ
मुकदर्शक बनेका छन् विचरा जनता
उसैले पद पाउँछ, उहि मन्त्री बन्छ
किनकि नेताहरुको चाकडीमा उ नै धाइरहेको छ ।

शहर

प्वाल परेका तथा छोटा कपडा
बाध्यता होइन रहर हो
लेदो पानीमा बग्ने फोहोर
ढल होइन नहर हो
रक्सी, जुवा र लागू ब्यसन
कुलत होइन सभ्यताको लहर हो
धुलो र धुवाँले ढाकिएको वस्ती
रात्रि होइन मध्यान्हको प्रहर हो
आहार, विहार र आचारको कृतिमता
अनुमान होइन ठहर हो
किनकि यो गाँउ हैन शहर हो ।

पलायन र बिद्रोह

पाडो चराउने नेताहरु प्राडो चढ्दै छन्
पँधेरो जाने नेतृहरु पजेरो चढ्दै छन्
चुहिने झुप्रो भएकाहरु महल जोड्दै छन्
समाजवादको पण्डितहरु पुँजीवाद पढ्दै छन्
नातावाद, कृपावाद, चाकडीवादमा सड्दै छन्
त्यसैले होला, पलायनवादी र बिद्रोहीहरु बढ्दैछन् ।

पुरस्कार

पछाडि मुड्की ताक्छन्
अगाडि भजन गाउँछन्
चिन्तन–लेखन थन्क्याएर
चाकडीमा धाउँछन्
साहित्यमा यस्तैयस्तै हुन्छ
कापल फुलेका÷लौरो टेकेकाले
युवा पुरस्कार पाउँछन् ।

फेसन

तलको माथि सर्दै छ
माथिको तल झर्दै छ
चार अङ्गुलले काम टर्दै छ
लाजसरम मर्दै छ
नसोध्नुहोस् हजुरबुबा !
नातिले के कुरा गर्दैछ ?
मैले थाहा पाइसकें
आधुनिक युवतीको फेसनले
हजुरको पनि मन हर्दै छ ।

ठुलो मान्छे

रगत र पसिना मथेर
एउटा पाइला अगाडि बढ्दछ
अहम् असक्षमता अनि इश्र्याको करौंतीले
अर्काको हात खुट्टा तान्छ
माकुरोले भैंm जाल बुन्छ
बल्छीमा भैंm काल उन्छ
मयलपोसहरुलाई चिल्लो लगाउँछ
फुक्र्याउछ÷सगरमाथा होचो गराउँछ
द्धन्द्धमा नारद बन्छ
अनि उ ‘ठुलो‘ हुन्छ ।

राजनीति

रगत र पसिना नबिकेपछि
चाकडीको मन्दिरमा धाएँ
जो कुर्सीमा पुग्छ, उसैको गीत गाएँ
फलस्वरुप !
जागिर, सम्मान र सुबिधा पाएँ
घुस र कमिशनका पोका खाएँ
मालामाल छ हजुर जहिलेदेखि
नैतिकता बेचेर राजनीतिमा लाएँ ।

रहर

गहन अध्यन र स्तरीय लेखन
नक्कलवादसँग डराएर भागेको छ
सबैलाई हल्ला र प्रचारको भरमा
नाम कमाउने रहर जागेको छ
बर्खामा च्याउ उम्रेभैंm उम्रेका
साहित्यिक(?) पत्रिकाहरु देख्दा मलाई पनि
एकपन्ने वार्षिक पत्रिका निकाली
प्रधान सम्पादक बन्ने रहर लागेको छ ।

नगर सभ्यता

खुद्रा ब्यापार गर्ने बाटाहरु
सडकका पेटी रहेछन्
भ्रष्टाचारका काला धनहरु
कमिशन र भेटी रहेछन्
त्यतिमात्र कहाँ हो र ?
कपाल काट्नेहरु
पाइन्ट लगाउनेहरु
जिब्रो पड्काउनेहरु÷बटुवालाई धक्याउनेहरु
केटा नभएर केटी रहेछन् ।

राजनीति

कार्यकर्ताले मौरी पालेपछि
नेताहरुले मह काढ्दा रहेछन्
वरिष्ट नेताहरु पनि कर्सीको लागि
पार्टी भाँड्दा रहेछन्, नैतिकता छाड्दा रहेछन्
हरे ! यो देशमा के देख्नुपरेको ?
विदेशी दलालहरु नै
राष्ट्रियताको लाइसेन्स बाँड्दा रहेछन् ।

महानगर

हरियाली सकिएर राजधानी
पानीबिनाको बगर भएछ
मान्छेको भीडले प्रत्येक घर
निसासिँदो शहर भएछ
आकासिँदो महँगीले जनजीवन
धान्नै नसक्ने कहर भएछ
धुवाँ र फोहोरले वातावरण
मन्दमन्द जहर भएछ…
यति पुर्वाधार भएपछि
मरुभूमि होला भनेको काठमाण्डौं त
झन् महानगर पो भएछ ।

जागिर

दस सिटको जागिरमा
दस हजारले भार्दो रहेछ
योग्यताले भन्दा पैसा र
सोर्सफोर्सले काम गर्दो रहेछ
पढाई सकेर जागिर खाउँ भनेको
यहाँ त अनुभवको प्रमाणपत्र पनि
जन्मनासाथ ल्याउनु पार्दो रहेछ ।

बिडम्बना

स्कुलमा फेल भएकाले बोर्डिङमा पढाउँछन्
जनताका प्रतिनिधिले बजारभाउ बढाउँछन्
अपराधी नै मन्दिरमा फुल–प्रसाद चढाउँदछन्
खै ! देश कसरी उँभो लाग्ला ?
सिर्जनशील पाखुराहरु नै
भट्टीमा बसेर राजनीति लडाउँन् ।

नेता

जनताको के कुरा भयो र
आप्mना दस पुस्ताको ख्याल रहेछ
राजनीति त भ्रष्टाचारको भ्mयाल रहेछ
प्रजातन्त्रका मीठा शब्द सत्ताको ¥याल रहेछ
देशलाई नयाँ दिशा दिने बाघ भनेको त
सत्ता र शक्तिमा बिक्ने स्याल रहेछ ।

प्रेम

चलचित्र हेराइरहने
ट्याक्सीमा घुमाइरहने
रेष्टुरेन्ट पु¥याइरहने
ए मेरो मुटुको धड्कनज्यू
अर्को गाँठवाला नपाउन्जेल
आइ लभ यु ।

रहस्य

बीस हजारको सुटबुट लाइएको छ
चिल्लो कारमा रेष्टुरेन्ट धाइएको छ
लौन दलाल ज्यू !
एउटा गतिलो घर चाहिएको छ
पत्याउनुहोस्–नपत्याउनुहोस्
दस हजारको जागिर खाइएको छ ।

बाहुनको छोरो

बाहुनको छोरो भए पनि ‘बिफ’ चपाइन्छ
जनैको साटो ‘म्याडोनाको लकेट’ लगाइन्छ
‘आशिकी स्टाइल’ कपाल पालिन्छ
दुप्पीलाइ जरै देखि फालिन्छ
साँझ परेपछि रम र मः मः
गाउँमा गइपछि ॐ नमोः नमः ।

(‘चांदीको घेरा’ मुक्तक संग्रहबाट)

(स्रोत : डा रविन्द्र समिरको फेस्बुकबाट )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.