तीन लघुकथा : पार्टी र लोकतन्त्र

~एकलव्य~

आँफ्नै पार्टीको विचार र व्यवहारमा मर्न मार्न कसम खाएका आफ्ना प्राइभेट सेनाको सुरक्षित घेरामा एउटा मुठीलाई उर्ध्वगामी आकाशतर्फ जोडदार रूपमा प्रहार गर्दै शक्तिखोर कामरेडले आदेश भावमा भन्नुभो, नागरिक सर्वोच्चता लागि छापामारले बिद्रोहको नेतृत्व गर्नुपर्छ ।

***********************************************************************

लोकतन्त्रको पर्याय आँफ्नो दलमात्र रहेको दावा गर्ने एउटा खलिपाक ( भेटेरान) नेताले खल्तिबाट पुत्रीको नाम लेखिएको कागत देखाउँदै केन्द्रीय समीतिका सदस्यहरू सामू भन्नुभो , ‘ यसको बिरोध गर्नेहरू लोकतन्त्रको कलिलो मुनामा एसिड खन्याउनेहरू हुन’ ।

***********************************************************************

लोकतन्त्रको आधार निर्वाचन भएता पनि , आँफू निर्वाचनमा खडा भएका सबै स्थानबाट पराजित एकजना पाका मध्यमार्गी नेताको नेतृत्वमा सरकार गठन गर्दै मुलुकको भीडन्त उन्मुख लोकतन्त्रको उद्दार गर्नु पर्ने निर्णय गरियो । लोकतन्त्रमा कसैले हार्दैन !

************************************************************************

June 12, 2009

(स्रोत : Dautari )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.