लघुकथा : रा अ ख २४४

~रमा गौतम ‘आश्मा’~Rama Gautam 'Aasma'

५ रूप्पे को २ मुठा , ५ रूप्पे को दुइ मुठा! उ आफ्नै सुरमा ब्यस्त हुन्छ कामना गर्दैहुन्छ कोहि आयोस र उसको धनिया किनिदेओस . सडकमा कालो धुवा फाल्दै बस माइक्रो बस दौडिदै छन् . बेला बेला मा उसको सुपो माथिको धनीयाको मुठाहरुमा साना साना कागज टुक्राहरु उड्दै आउछन उसले हरेक पटक टिप्दै फाल्दै गर्छ . यत्तिकै मा उसकै उमेरको बच्चाको गुड्दै गरेको साइकलले उसको सुपो माथिको धनियाका मुठोहरुलाई छेउबाटै कुल्चेर जान्छ .उ चै धमिलो स्मृतिमा तैरिन थाल्छ .

उसको स्मृतिमा ….. पछिल्लो पटक उ स्कूल जादै हुन्छ उसको बाबा संग मोटर साइकलमा. आमाले उसको स्कूल झोला दिदै भन्छिन-” बेलुका समय मै आउनु ”. तर स्कूल पछि उसको बाबा उसलाई लिन आएनन बरु मध्ये रातमा रक्सि पिएर आए र आमालाई तथानाम गालिगरेर कुट्न थाले . भोलि पल्ट छत-बिछत भएको आमाको शरीर अस्पतालमा थियो निकै भिडभाड थियो. आमाको उपचार पछि एक जना चिनजान को गाउकै महिला अधिकार कर्मी दिदीले आमा सहित उसलाइ स्कुटर मा चढाएर अन्तै छुट्टै घरमा लगेर राखिन . उसको बाबाले माफि माग्यो कहिले रक्सि नखाने कुरा गर्यो, आमालाई कुटेको मा पश्चाताप गर्यो . तर ति दिदीले बाबा को कुरा नसुन्न सल्लाह दियिन. ति दिदीको सहयोगमा, उसको परिस्थिति देखेर विदेशको ठुलो दाता सस्थाले आमा र छोरा दुबैलाई सहयोगको प्रस्ताव गर्यो , छोरो लाइ राम्रो स्कूल मा निशुल्क पढाउने र आमालाई रोजगार दिलाउने कुरा गर्यो . ति दिदीले आमालाइ दाता सस्थाको विभिन्न कागजात मा हस्ताक्षर गराएर लिएर गईन .

त्यसको केहि दिन पछि ति दिदीको सहयोगमा बाबा आमाको सम्बन्ध बिच्छेद भयो . बाबाले सानी आमा बिहे गरे . आमा चै बिरामी परिन तर दाताको आशामा बसेका उनीहरुलाई भेट्न उसलाई सहयोग गर्ने ति महिला अधिकार कर्मी दिदि फेरि फर्केर आयिनन . पैसाको अभावको कारण उ स्कूल छोडेर बारीमा उम्रेको धनीयाको मुठा बेच्न बजार पस्यो. यत्तिकै मा धुलो र धुवा फाल्दै कालो गाडी उसको अगाडी रोकिन्छ – ”ए बाबु ४ मुठा धनिया देउ त” उ झस्किदै ति महिला लाइ हेर्दै नहेरी धनीयाको मुठा गन्न थाल्छ अनि सानो पुरानो प्लास्टिक झोला मा राखेर दिदै भन्छ -” १० रुपिया! ” गाडीको झ्यालको सिसा खोल्दै ति महिला २० को नोट दिदै भन्छिन . ‘ ए तिमी काम गर्न थालेउ , गुड, ल १० को छुट्टै छैन बाँकी तिमी नै राख ” उसले टाउको माथि गराएर हेर्छ –ति उनै दिदी थियिन जसले उसको आमा छोरालाई बिदेसी दाता सस्थाको सहयोग को लागि आमाको हस्ताक्षर लिएकी थियिन र बाबा आमाको सम्बन्ध विच्छेद गर्न सहयोग गरेकी थियिन. भएभरको धुलो र धुवा उसको धनिया माथि फ्याक्दै गाडी गुड्छ उसले चै २० रुपिया हातमा लिदै ति महिला चढेको चिल्लो गाडीको नम्बर पढ्न थाल्छ ‘ रा अ ख २४४’ !!

(स्रोत : Ashma’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.