~बिशाल गुरुङ~
एउटा मान्छे ज्यादै दुखी हुदै गुरुलाई सोध्यो म मेरो जीवनको दुख्ख देखि ज्यादै दुखी छु यसबाट छुटकारा पाउन चाहन्छु । दया गरिकन मलाई मद्दत गर्नुहोस ।
गुरुले मुस्कुराउदै भन्यो यो गिलासमा एक मुठी नुन राखेर पिउनु । त्यो व्यक्तिले त्यसै गर्यो । मुख बिगार्दै उसले भन्यो गुरु यो साह्रै नुनिलो छ मैले पिउन सकिन क्षमा गर्नुहोस ।
गुरुले फेरी एक मुठ्ठी नुन लिएर उसलाई आफ्नो पछि पछि आउन अनुरोध गर्यो । दुवै जना निकै हिडे पछि एउटा सफा तलाउमा पुगे । गुरुले उसलाई त्यो एक मुठ्ठी नुन त्यस तलाउको पानीमा हालेर पिउन लगायो ।
पानी कस्तो छ ?
उसले सजिलै जवाफ दियो गुरु पानी निकै मिठो छ कुनै नुनिलो पन भेटिन ।
गुरुले मुस्कुराउदै भन्यो बाबु जीवनलाई गिलासमा कहिलै सिमित नराख्नु । संसारमा दुख्ख सबैलाई आउछ जीवनलाई तलाऊ जस्तै फराकिलो कंचन पानीले भर्नु पर्छ । जब जीवन प्रति फराकिलो सोंच बनाउछौं यस्ता दुख्ख हरुले हामीलाई कहिलै दुखी बनाउदैन ।
(स्रोत : Ebachan.com )