~महेश घ्रितकौशिक~
के चिज छ तुलनामा गीतजस्तो बसन्तको,
प्रेमिलता कहाँ छ र ? प्रितजस्तो बसन्तको .
बिहानीको झुल्को हेर सुनौलो त्यो क्षितिजको,
तप्किएर फ़ुटेसरि शितजस्तो बसन्तको .
मुर्छानाको बेदनाझै कोइलीको कुहुकुहु,
मेहफिलता कहाँ छ र ? संगीतजस्तो बसन्तको .
पलुवाको मदहोशी सुगन्धको महकतामा,
अचम्मको टुनामुना रितजस्तो बसन्तको .
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.