एउटा श्यामश्वेत सपना
जहा
ऊ थिई अनि उसका उडानहरू थिए !…
के हो बरै क,ख,ग,घ
के हो बरै ए,बि,सि,डि
निरक्षरताको सुदूर चौतारीमा पनि
गुञ्जिरहेकै हुन्थे
प्रबल ब्युझाइका केही इच्छागत सन्दर्भहरू
निस्प्रभ सम्भावनाका देउरालीहरूमा पनि
हरपल
भर्भराइरहेकै हुन्थे केही अब्यक्त अभिलाषाहरू !
थाहा नभए पनि
टेलिभिजनले पस्कने रङ्गीन अभिब्यन्जनाहरू
हाय र हेलो
इन्टरनेट , इमेल अनि च्याटिङका संजालहरू
उनको श्यामश्वेत सपनामा
हुने गर्थे
गाठी स्वतन्त्रताका सेताम्य अवतरणहरू
अध्यारोको
आरनबाट फुत्त निस्केर
पुछेर युगीन मोसो र ध्वासोका पत्रहरू
एउटा अराजकता
फर्फरफर्फर फहराइरहेको हुन्थ्यो सपनाको पहाडमा
अराजकता
असंख्य बौलाहीपनहरूको
अनि
आत्महत्या गर्न इन्कार गर्ने जीवनेच्छाहरूको !
पट्ट फुटेका घैलाहरूबाट चिहाउने
अजीबको तिर्खा थियो उनीसाग
जस्केलोमा
दनदन दन्किरहेको आगोलाई नै निलुलाझैं
आगोका फिलुङ्गाहरू थिए उनीभित्र !
यद्यपि सर्वत्र थियो –
हेपाइ र हिलो छेपाइका उही नौटंकी पर्वहरू
‘सपना देख्न मनाही छ’ –
उही जबरजस्ती ओढाइएका ढाकरहरू
फेरि पनि
एउटा श्यामश्वेत सपना थियो उनीसाग
जहा
ऊ कहरमा होइन
रहरमा रहरकै नया अट्टालिका रच्न चाहन्थी
रातमा
रछ्यानमा निदाएर
दिनमा
सुकिलो घामको वकालत गर्नेहरू बिरुद्घ
ऊ चट्याङ ओकल्न चाहन्थी !
अस्तित्वको पर्दा उघारेर
छाती पिटीपिटी ऊ पनि आफूलाई
‘पहिलो दर्जाको मान्छे हु’ घोषणा गर्न चाहन्थी
र उड्न चाहन्थी
एउटा निष्पिmक्री उडान सदाको लागि
जहा
निर्बाध भावनाहरूको रोपाइ हुन्थ्यो
ऊ आफै हली, बाउसे अनि रोपार हुन्थी !
एउटा श्यामश्वेत सपना
जहा
ऊ थिई अनि उसका उडानहरू थिए !
-पोखरा
(स्रोत : Sunakhari.com )