उहि धुमेर S बल्ल सिकियो !
टाढा नपुग्ने S बाटो हिडियो !
पट्टी बांधेर S आंखा थिचियो
सदा औंशीका S रात फिजियो !
खाली लखेट्नु पर्ने रहेछ
लड्न नहुने सित भिडियो !
मेरो प्रस्ताब कस्तो निकृष्ट !
न्यानो सम्बन्ध छिटो चिसियो
मेरो छांयाको हेर दूर्दशा
छाति बिचको भाग चिरियो !
झरे सौभाग्य नभै कोपिला
वरु दूर्भाग्य जति छिपियो !
ज्यान र गिदी आफ्नै ढिपीमा
तिन्को भेदमा “मबि” पिसियो !
2012-09-27
(स्रोत : नेपाली गजल गुगल ग्रुप )