रातभरी नमिठो हुरी चली रह्यो
बेदनाको रापले ब्यथा बली रह्यो ।
संघर्षको चौबाटो जत्ती हिंडे पनि
आँफैलाई भाग्यले सधैं छली रह्यो ।
भावनाको पर्खाल आफै भत्के पछि
मनभरी रापिलो आगो जली रह्यो ।
दिलभित्र अनौठो प्यास जाग्न थाल्दा
पीडारुपी कन्दमुल् मनमा फली रह्यो ।
संसारकै नियम आशा जाग्नु पनि
कताकता खुशीको अंकुर पली रह्यो ।
(रचना जुन १६ /२०१० )
16 Jun 2010
(स्रोत : नेपाली गजल गुगल ग्रुप )