बेरोजगारहरु अब रोजगार हुने भए रे । अब ऋण र झोला बोकेर बिदेश धाउन नपर्ने भयो रे । आफ्नो सीप, मेहनत, पाखुरी यही प्रयोग गरेर मनग्य कमाई हुन्छ रे । आफ्नो पसिना आफ्नै माटोमा बगाउन पाइने भयो रे । गाँउ गाँउबाट युवालाई स्वरोजगार कार्यक्रम हुदैछ । आफुले चाहेको, रोजेको पेशा गर्न पाइने छ । आवस्यक तालिम श्रोत साधन पनि यही निशुल्क पाइन्छ । यस्तै यस्तै समाचार संचारका साधन रेडियो, टिभि, पत्रपत्रिकामा जताततै सुन्न पाइयो ।
बि.ए पास भएर बसेकी सबिता उत्सुक भई । आफू पनि कुनै पेशा समत्ने अवसरको लागि बुझ्न थाली । स्वरोजगार पेशाको लागि आवस्यक लगानी कृषि बिकास बैंक बाट हुन्छ रे । ऊ गई आफ्नै गृह जिल्लाको कृषि बिकास बैंकमा । स्वरोजगार सहुलियतको ऋण फारम हातमा लिएर भर्न थाली । सबिता झल्यास्स झस्की । फारममा सोधिएको थियो ।
तपाइको नाम ? …… ,
बाबु तथा पतिको नाम ?…… ,
उमेर ?……,
पेशा ?……,
बिवाहित वा अबिवाहित ?……,
सीप के के जान्नु हुन्छ ?……,
अनुभव ?……,
आय श्रोत ?……,
उदेश्य के ?……,
ब्यवसाय के गर्दै ?……,
लगानी कति गर्नु भएको ?……,
आम्दानी कति हुन्छ ?……,
कति बर्षबाट ब्यवसाय शुरु गर्नु भएको ?……,
कुन कुन तालिम लिनु भएको ?……,
परिबार सदस्य कति ?……,
बिमारी अपाङ्ग छन कि ?……,
काम गर्ने जनशक्ति कति छन ?……,
चल सम्पती कति छ ?……,
अचल सम्पती कति छ ?……,
तपाईको नाममा घर जमीन कति छ ?……,
बाबा तथा श्रीमान एकाघरको नाममा जमीन कति छ ?……,
बिदेश कति बर्ष बस्नु भयो ?……,
कुन देश बस्नु भयो ?……,
तलब कति पाउनु हुन्छ ?……,
भिषा तथा अरु प्रमाण के के छ ?……,
पासपोर्ट अवधि कति छ ?……,
अन्य प्रमाण के के छन ?……,
धितो मुल्याङ्कन, धितो प्रमाण लालपुर्जा, मालपोत बाट रोक्क पत्र, गाबिस नगरपालिका बाट सिफारिस पत्र जम्मा गर्नु पर्ने छ । तपाई स्वरोजगारमा छनौट भएमा ऋणको दुई प्रतिशत सेवा शुल्क कटाइने छ । पहिलो किस्ता र ब्याज ऋणमा पहिलै कटाइने छ । बैंकमा खाता खोल्नु पर्नेछ । खातामा ‘दश हजार रुपया’ ननिस्कने गरि जम्मा हुनु पर्ने छ । कृषि बिकास बैंकको शेयर बापत ‘एक हजार’ ऋणबाटै कटाइ राखिने छ ।
सबिताको फारममा सोधिएका प्रश्नको एक मुष्ठ उत्तर आयो । यति सबै भएको भए त बेरोजगार कसरी हुन्छ ? किन ऋण लिनु पर्छ ? लौ जा भन्दै फारम च्यातेर ऊ घर फर्की ।
सुनवल ६ विसासय नवलपरासी
(स्रोत : रचनाकारको फेस्बुकबाट सभार । )