कथा : रक्स्याहा कि स्वास्नी !

~पुरुशोत्तम भण्डारी~Purushottam Bhandari

यी रक्स्याहाकि स्वास्नी हुनु भन्दा त ,बरु हलिकि स्वास्नी हुनु निको ,बुझ्नु भो ?
उनले प्रायजसो यसरि नै आफ्नो बित्रिष्णा पोख्ने गर्थिन र म चुपचाप सुनी मात्रै रहन्थें ! बाहिरबाट हेर्दा त उनको जीवन निक्कै राम्रो थियो ! लुवाई -ख्वाई पनि उच्च दर्जाको थियो ! घर त्यस्तै राम्रो !कमाउने श्रीमान ! साथमा छोरा छोरी !त्याहाँ भन्दा बढी के चाहियो सुखी हुनलाई ?तर उनि सुखी थिईनन !
उनका श्री मान् ब्यापार गर्थे ! धेरै पैसा कमाउथे भन्ने सुनेको !पहिला खै कुन चाहिं सरकारी अफिस मैं काम गर्थे अरे ! त्याहाँ निक्कै ठुलो घोटाला गरेर धेरै पैसा कमाएका थिए रे !पछि राजिनामा दिएर ब्यापार शुरु गरेका अरे !

ए भाई ! लौन मेरा पनि बच्चा पढाई दे न ! पहिलो चोटी उनका श्री मान् को ठाडो बोलि सुनेर म छक्क परेको थिएँ ! सबैले सर् भनेर , तपाईं भनेर बोलाएको बानि !उनले त्यसरी ठाडो भाषा प्रयोग गर्दा नमिठो लागेको थियो !तर अर्कोतिर ट्युसन पढ्ने केटाकेटी बढ्ने भए भनेर भित्र भित्रै खुशी पनि लाग्यो !

भइ हाल्छ नि ! बरु कति बेला पो पढाई दिनु पर्ने हो ?

तँलाई जत्ति खेर फुर्सद हुन्छ , त्यत्ति बेला ! राम्रो पढ़ाईस भने यहाँको भन्दा राम्रो पैसा दिउँला !

नभन्दै , म उनीहरुको घर जान थालें ! राम्रा र सु-संस्कृत बालबच्चा रहेछन ! म पहिलो दिन जाँदा उनीहरु गृह-कार्य गर्दैथिए ! कुनै कोठाबाट त्यतिबेलाको चलेको हिन्दी फिल्म को सुमधुर गीत बजिरहेको थियो ! लाख काटें , क्यासेट प्लेयर पनि रहेछ ! मान्छे निक्कै हुने खाने नै लाग्यो ! त्यतिबेलाको जमानामा क्यासेट-प्लेयर हुनु , फुनाई डेक हुनु र चार ओटा भन्दा बढी कोठा भएको पक्कि घर हुनु , सम्पन्नता कै कुरो हुन्थ्यो !
सर् ! चिया -नास्ता गरौँ है ! एउटी सुन्दर ,गोरी तर अलिक मोटी केटि ले हातमा चिया -नास्ता लिएर मेरो नजिकै आएर त्यसो भनिन ! त्यति बेला मैले भर्खर भर्खर ट्युसन लिन शुरु गरेको थिएँ ! मन भित्र भित्रै चाहिं डेली नास्ता चिया मा पैसो खर्चिनु नपर्ने रहेछ , पैसो नै बच्ने भो भन्दै थिएँ तर बाहिर मुखले चाहिं भने,” चिया नास्ता गर्दा पढाईलाई डिस्टर्ब हुन्छ होला , खाऊँ र ?”

अलिक परतिर को कोठाबाट एउटी महिला निस्केर आईन र भनिन, ” केहि डिस्टर्ब हुँदैन ! खाँदै पढाउदै गर्दा भइ हाल्छ नि !”

घरकी मालिक्नी , बालबच्चाकी आमा तिनै रहिछिन ! मान्छे चाहिं काली-काली भए पनि हिस्सी परेकी राम्री ! आधुनिक शैलीको मेकअप , कालो रंग लागएको चम्किलो कपाल ! तर एउटा कुरो अलिक अड लाग्दो थियो उनको ! पहिरन शैली ! कम्मर भन्दा माथि ब्लाउज , कम्मर भन्दा मुनि पेटिकोट माथि टावेल बेरेको ! बिचमा नाभी देखिने ठाऊँ अलिक धेरै खुल्ला ! शायद पहिलो चोटी त्यसरी लुगा लगाएकी नारि देखेर होला , मलाई अलिक अफ्ठेरो लाग्यो ! हाम्रो घर मा आमा , दिदि -बहिनि ले त्यसरी लुगा लगाएको देखेको थिईन !

त्यो दिन चिया नास्ता गर्दै पढाउदै गरियो ! कस्तो पढ़ाउछ भनेर होला , बाल बच्चाका पिताले त्यहीं नजिकै रहेको कुर्शीमा बसेर सुनिरहे , हेरिरहे !

यसरि नै अर्थ लगाई लगाई पढाईदिनु है भन्दै उनि अर्को कोठा तिर लागे !

म पनि कुन कुरामा सचेत थिएँ भने ,” फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन !”

त्यसरी शुरु भएको मेरो ट्युसनको यात्रा अविरल रुपले अहिले पनि चलि नै रहेको छ !करीब ३५ बर्ष देखि मैले निरन्तर रुपले पढाई नै रहेको छु ! यो अन्तरालमा मैले धेरै बिद्यार्थी पढाई सकेको छु र पैसा पनि धेरै नै कमाई सकेको छु ! तर त्यो भन्दा पनि ठुलो कुरा , मैले धेरै परिवार का धेरै गृहिणी हरुबाट , बाल बच्चा बाट धेरै नै राम्रा राम्रा कुराहरु पनि सिक्ने मौका पाएको छु !

धेरै बिद्यार्थी बाट राम्रा राम्रा उपहार पनि पाएको छु ! प्राय सबैले मलाई हौसला र सम्मान नै दिएका छन ! त्यो घर बाट पनि मैले धेरै कुरा सिक्ने मौका पाएको छु ! सबै भन्दा ठुलो कुरो उनीहरुको माया ,ममता र अपनत्व पाएको छु !

समय बित्दै गयो !त्यो घरको चाल-चलन पनि बुझ्दै गईयो ! घर धनि बडो मनकारी रहेछन ! घर कि ग्रीहिणी पनि त्यस्तै फराशिलि रहिछिन ! जो पाहुना आए पनि उनीहरुकै घर अऊँदा रहेछन ! चामल का बोरा र तेल का टिन त बाहिर नै प्यासेज मा लड़हिरहेका देखिन्थे ! झन त्यसमा पनि जो आए पनि खशी र कुखुराको मासु ल्याई हाल्थे !

म त झन त्यो घरका केटा-केटि पढाउने सर् ! न खान को चिन्ता , न पैसाको चिन्ता ! जत्तिबेला माङ्गे पनि पैसो पाईहालिने ! गीत-शंगीत भने पछि आफु हुरुक्कै ! ट्युसन को समय भन्दा १०/१५ मिनेट अगाडी नै गएर बरन्डामा बस्यो , अनि भित्र बजेका गीत सुन्यो !

गीत गाउने रहर वा रुचि पनि सबैलाई नै हुन्छ होला ! मैले पनि सकेसम्म गीत गाउने रहर गरें, मौका -बेमौका केहि नहेरी गीत गाएँ , कहिले गाऊँ-घर मैं हुने सरस्वती पूजा को कार्यक्रम मा पनि गीत गाएँ त कहिले राजा-रानी को जन्मोत्श्व को अवशर मा बिरेन्द्र शभा-गृह बिराटनगर मा पनि गीत गाएँ !त्यत्ति मात्रै कहाँ होर ! पहिलो चोटी काठमाण्डौ डुल्न गएको बेला श्वर्गीय नाति काजि को हार्मोनियम धुन र अन्य सहयोगी को समुहमा पनि गीत गाएँ ! जत्ति पनि गीत गाएँ , सबै रहर पुरा गर्ने उदेश्यले नै गाएँ ! समर्पित भएर , सबै कुरा भुलेर र गहिरिएर गीत नगाएकॊ ले रहर पुरा भयॊ , आत्मा भिजेन !

हुन त म सानैदेखि गीत गाउन जान्दथें ! प्राईमरी स्कूल मैं पढ्दाखेरी म गीत गाएर पुरष्कार जित्न सफल भएको थिएँ ! गाऊँ -घर ओरि-परि सबैले हौसला नै दिन्थे ! पहाड मा हुँदा नेपाली गीत मात्रै गाऊँथे भने , तराई झरेपछि एउटा मान्छे ले हिन्दिगीत गाएको खुबै मनपर्यो ! त्यो मान्छेले रेडियो र क्यासेट दुबैमा मज्जाले धक फुकाएर गीत गाऊँथ्यो ! म त्यतिबेला त्यस्तै दस-एघार को बिचमा थिएँ ! कहिले काहीं बिराटनगर बजार जाँदा कुनै पशल मा त्यहि मान्छेको गीत सुन्दा गीत नसकिउन्जेल त्यहि पशल अगाडी उभिएर सुनिरहन्थें ! घर मा पनि ठुल्दाई ले त्यहि मान्छे को गीत बजाउने र संग-संगै गाउने गर्नुहुन्थ्यो ” किसने जाना ! याहाँ कल होगा , किसने जाना !” मेरो ठुल्दाई को नाम कृष्ण हो,है !

पहाड बाट बिराटनगर आउने मध्ये को-को कति छिटो बाठा भए कोनी ? तर , म आफूचाहिं छिट्टै निक्कै बाठोभएं जस्तो लाग्न थालिसकेको थियो ! पछी सुन्दै जाँदा त्यो मानिसलाई मैलेपनि चिने ! ति त किशोर कुमार पो रहेछन ! मलाई खै ! किन हो उनको श्वर सांच्चिक्कै राम्रो लाग्यो ! अरु पनि राम्रा गाएक रहेछन नि तर म उनकै ठुलो फ्यान भैसकेको थिएँ ! पछी त मैले खाली क्यासेटमा उनका गीतहरु गाएर रेकर्ड पनि गरें ! त्यो धित अझै मरेको छैन ! ” ये क्या हुवा , कैसे हुवा ………” भन्ने गीत को भिडियो बनाएर फेस-बुक को मेरो प्रोफाईल लाईब्रेरी मा पनि राखे को छु !

एक-दिन घर मा म र बुवा मात्रै थियौं ! हाम्रो घर पहाडको जस्तै तल-माथि तला भएको , टिना को छानो लगाएको करीब ७ कोठाको थियो ! एउटा कोठा चाहिं ठुल्दाई ले बैठक कोठा भनेर सजाएर राख्नु हुन्थ्यो ! कोहि मानिस आएमा त्यहीं बसाउनु भनेर सिकाउनुभएको थियो ! त्यो कोठामा एउटा धेरै जसो शिशा भएको शो-केस थियो ! त्यो शो-केस भित्र एउटा क्यासेट-प्लेयर थियो ! तर, त्यो शो-केस मा सधैं ताल्चा लाग्थ्यो ! बुवा गोरखापत्र पढ्दै हुनुहुन्थ्यो ” खत्रक्क ” गरेको आवाज आयो ! बुवाले के भो हँ ? सोध्नु भयो ! मैले खै , यो शिशा त फुटेको पो रहेछ भनेर देखाईदिएं !

वास्तव मा त्यो शिशा ” किशोर कुमार क़ा गीत सुन्न को लागि ” मैले नै प्याट्ट फुटाएको थिएँ ! पछी दाजु अफिस बाट घर आऊँदा आफ्नो शो-केस फुटेको देखेर धेरै रिसाउनुभयो ! बुवा ले पनि मेरै हो मा हो मिलाईदिनु भयो र मैले त्यो शो-केस को शिशा नबनुन्जेल मज्जाले किशोर कुमार का गीत सुने !

त्यो घरमा गीत-शंगीत को माहोल देखेपछि म धेरै खुशी भएको थिएँ ! हुन त मैले कहिल्यै पनि घडी हेरेर पढाईन ! सधैं कुन कुरोलाई प्राथमिकता दिएको छु भने विद्यार्थीले जे पढ्छन र जति पढ्छन बुझ्नु पर्छ ! समय नपुगे बढाएर बुझाउनु पर्छ र समय अगाडी नै बुझे भने , बाँकी समय एञ्जोय गर्नु पर्छ !

त्यसैले समय को पर्वाह नगरी पढाएको देखेर घरमुली म संग प्रभावित भएका थिए ! म पनि उनीहरुको आत्मियता देखेर फुरुङ्ग भएको थिएँ !

त्यस्तो राम्रो घर-परिवार भित्र पनि दुख होला भनेर मैले कल्पना सम्म गरेको थिईन !मेरो नजर मा त सबै कुरा राम्रै थिए र उनीहरुको जीवन राम्ररी नै चलिरहेको थियो !

अचेल को जमानामा रक्शी नखाने को होला र ? खै ! किन हो उनले रक्शी खाने कि पत्नी /स्वास्नी हुनु नपरोस भनेर किन भनेकी होलिन जस्तो लाग्छ ! श्रीमान चाहिं अग्ला, गोरा र हृष्ट- पुष्ट थिए ! हेर्दै राम्रा , हिन्दी फिल्म को हिरो अमिताभ बच्चन जस्तै ! अरु रक्स्याहा जस्तो मातेर आएको मैले उनलाई कहिल्यै पनि देखिन ! बोलीचाली पनि राम्रो भएका , गमी थिए उनि ! घर मा एउटा रिक्शा सधैं भैरहन्थ्यो ! कहीं कतै जानु परे त्यहिँ रिक्शा मा जान्थे उनीहरु ! महिनाबारी दिएर राखेको हो कि के हो ? मैले कहिल्यै सोधिन ! रिक्शा वाला पनि राम्रै र भलाद्मी नै लाग्थ्यो ! अरु रक्स्याहा जस्तो रक्शी खाएर आएर झैँ-झगडा गरेको पनि कहिल्यै देखिन मैले ! अरु रक्स्याहाले त कुट्छन भन्ने सुनेको छु तर तिनले त आफ्नी स्वास्नी लाई कहिल्यै कुटे जस्तो पनि लागेन ! पछि सम्म पनि मैले कुरो बुझ्न सकिन !

समय बित्दै जाँदा थाहा भयो कि ति घर -गृहिणी को बिबाह सानै उमेर मा भएको रहेछ ! उनलाई पढ्ने खुबै रहर रहेछ तर नौ कक्षा मा पढ्दा-पढ्दै उनका बुबा ले उनको बिहे गरिदिएका रहेछन ! म उनीहरुको घर गएर पढाउन थाले पछि उनले फेरि पढ्ने रहर गरिन ! म त त्यो घर मा त्यसै पनि रत्तिएको नै थिएँ ! झन त्यसमा पनि घर-गृहिणीले पनि पढ्ने रहर गर्दा मैले खुशी-खुशी पढाईदिने भएँ !
नियमित आओत -जाओत हुदै गएपछि अर्काको घर पनि आफ्नै घर जस्तो पो हुदोरहेछ भन्ने कुरो मैले त्यहिँ घर बाट सिकेको थिएँ !
कस्तो खालको अचार कुन-कुन सामाग्री हाले पछि बन्छ भन्ने कुरो मैले त्यहिँ घर बाट सिकें !खाजामा पनि हाम्रै घर मा भएका हामीले हेला गरेका सामान्य बस्तु बाट कसरि राम्रो खाजा बनाउन सकिदोरहेछ भन्ने कुरा मैले त्यहीं बाट सिकें ! पहिलो चोटी बंगुरको मासु मैले त्यहिँ घरमा खाएको थिएँ !उनीहरु संगै लागेर म कत्ति पटक बजार जाने, सिनेमा हेर्न जाने र बिदाको दिन रमाईलो गरेर बिताउने जस्ता क्रियाकलाप गर्न थालेको थिएँ !मलाई मन पर्ने लुगा-कपडा पनि उनीहरु नै किनेर ल्याईदिने गर्थे !

मैले पनि धेरै पटक ति घरका केटा-केटि र गृहिणी लाई मेरो आफ्नो घर निम्ता गरें, आमा- बुबा र बहिनि संग परिचित गराएँ ! हाम्रो पहाड र उनीहरुको पहाड घर एकै ठाऊँ रहेछ ! मेरा बुबा आमाले राम्ररि चिन्नु हुदोरहेछ !

मैले त्यो घर मा झन्डै झन्डै ६/७ वर्षा सम्म नियमित रुपले पढाएँ !पछि उनीहरु काठमान्डू गए !त्यसपछि भने हाम्रो भेट-घाट कम हुन थाल्यो !
त्यहिँ घटनाको लग-भग १५ बर्ष पछि अर्की एक महिला संग भेट भयो ! उनले पनि ठ्याक्कै त्यहिँ पहिलेको वाक्य भनिन,” रक्शियाकि स्वास्नी हुनु भन्दा त , बरु हलिकि स्वास्नी हुनु राम्रो , बुझ्नु भयो !”
छक्क परें ! किन त्यसो भन्या होला ? पहिले म १५/१६ बर्षे ठिटो हुदा पनि एउटी गृहिणी ले ठ्याक्कै त्यहिँ वाक्य भन्थिन ! आज १५ बर्ष पछि अर्की गृहिणीले त्यहिँ वाक्य दोहोर्याईन! डर पनि लाग्यो ! सिनेमाको जस्तो कहानी पो लाग्यो ! पहिलेकी महिला र अहिलेकी महिला बीच कुनै साईनो पो छ कि भनेर अप्रतक्षरुपले धेरै प्रकारका छड्के प्रश्न हरु सोधें ! तर हैन रहेछ !

आखिर ! म त्यहिँ १५ बर्षे ठिटो त थिईन ! अब त म करीब ३० नाघिसकेको एक म्याचुअर्ड पुरुष थिएँ ! पहिला पो म कुनै प्रश्न गर्न , आफुले जान्न चाहेको कुरो सोध्न र छल-फल गर्न सक्दिनथे ! तर अब त म धेरै कुरा अप्रतक्ष रुपले पनि जान्न र बुझ्न सक्थें !

१५ बर्ष अघि म अर्काको घर गएर पढाउने गर्थे तर अर्को १५ बर्ष पछि अर्की महिला मेरोमा पढ्न आउथिन ! तर भावना र बिचार दुबैका एउतै ! बि.ए. प्रथम बर्ष को अंग्रेजी को ट्युसन लिन आएकी थिईन ! उनि पनि बिबाहित ! दुई बच्चाकी आमा ! उनका श्रीमान कुनै सरकारी अफिस मा इन्जिनियर रहेछन ! धेरै बर्ष को ग्याप पछि उनले फेरि पढ्न थालेकी रहिछन ! छोरा-छोरी हाईस्कुल पढ्दारहेछन ! उनि पनि काली-काली तर हिस्सी परेकी ! कपाल कोर्दा स्टाईल पारेर कोर्ने ! आफुलाई निक्कै आधुनिक देखाउनुपर्ने !

ट्युसन शुरु गर्नु पर्यो ,कहिले देखि आऊँ भनेर सोधिथिन ! खै ! समय हेर्नु पर्छ , कति बेला हुन्छ होला ! मैले त्यसो भन्दा उनि छक्क परेकी थिइन अरे ! पछि उनले मलाई त्यो शुरु दिनको कुरो बताएकी थिइन ! वास्तब मा म उनि आएको दिन ओछ्यान मा ढल्कीएर मेरो भिनाजु संग गफ गरिरहेको थिएँ ! त्यो दिन खै कुन कारण ले हो , ट्युसन सेन्टर बिदा थियो ! शायद हाम्रो घरमा श्राद्ध वा पूजा त्यस्तै के थियो ! उनि आफ्नो दिदीको छोरो संग आएकी थिइन !

बाहिर ट्युसन सेन्टर को नाम लेखेको बोर्ड पनि छैन ! घर पनि सुनसान गाऊँ मा छ ! किन समय हेर्नु पर्छ भन्या होला भनेर उनि मनमनै छक्क परेकी थिइन अरे ! पछि मैले २/४ ओटा ग्रुप को नाम र समय सुनाएर कति खेर भ्याउनु हुन्छ ,त्यति बेला आउनुन भन्दा त उनि झन छक्क परेकी थिइन अरे ! तत्कालै उनले कति ग्रुप छन र भनेर सोधेकी पनि थिइन ! मैले एघार भनेर जवाफ दिंदा उनले आफ्नो दिदीको छोरा तिर पुलुक्क हेरेकी थिइन !

बाब्बा हो ! उनलाई अचम्म लाग्दा उनि त्यसै भन्थिन ! त्यो दिन त उनि गैहालिन ! पछि अलि क्लोज भएपछी सुनाउथिन कि म त्यत्ति चल्तीको टिचर हुँला जस्तो उनलाई लागेको थिएन अरे !
वास्तवमा मेरो ट्युसनमा आईसकेपछि मात्रै धेरै बिद्यार्थी हरुले भन्ने गर्छन कि धत्तेरिका ! पहिले त थाहा नै थिएन हौ ! आँगन भरि साएकल त हुन्थे तर कति कति क्लाश का बिद्यार्थी पढ्छन भन्ने थाहा नै थिएन ! कत्तिले अझै भन्छन कि साईकल त थुप्रै हुन्छन तर ट्युसन पढाउने घर हो कि अरु नै थोक के थाहा ! कत्तिलाई अझै पनि भ्रम रहेछ कि केटा केटि मात्रै पढ्दा रहेछन !कत्तिलाई चाहिं के भ्रम रहेछ भने केटाकेटी पढ़ाउदिना क्याम्पस का मात्रै पढ़ाउछु !
वास्तवमा मेरो ट्युसन पढाउने यात्रालाई तिन भागमा बाडेर हेर्न मिल्छ ! शुरुका दिन मा मैले स-साना बालबालिका पढाउन शुरु गरें ! जस्तो कि कक्षा एक देखि ७ सम्म ! औपचारिकरुपले सात सम्म , मात्र एक बर्ष !
त्यसपछि एक देखि एस.एल.सी. सम्मका बिद्यार्थी करीब १२/१३ बर्ष पढाएँ ! त्यसपछि त्यतिबेलाको सी.एल. र डि.एल. का बिद्यार्थी पढ़ाउना थालें ! मैले कहिल्यै पनि सानो क्लाश वा ठुलो क्लाश भनेर भेद-भाव गरिन ! आफुलाई न-आउने बिषय कहिल्यै पढ़ाईना ! जस्तो कि एस.एल.सी सम्मका बिद्यार्थी लाई साईन्स पढाएको भए सजिल्यै सकिन्थ्यो नि ! मैले जहिल्यै एउटा उदाहरण दिन्थे र साईन्स नापढ़ाउनुको कारण स्पष्ट पार्थे ! पानि कति डिग्रीमा जम्छ ? जिरो डिग्रीमा ! पानि कति डिग्रीमा उम्लिञ्छ ? १०० डिग्रीमा ! अनि त्यो बिचको भागमा के हुन्छ नि ? खै ! थाहा छैन सर् , भन्थे बिद्यार्थी ! म पनि भन्थें , हो मलाई पनि थाहा छैन ! त्यसैले मैले साईन्स नपढाएको बुझ्यौ भन्थे !
केहि मानिस २/४ अक्षर पढ्दैमा धेरै नै फुर्ति लगाउने गर्छन ! मलाई अचम्म लाग्छ ! किन त्यसो गरेका होलान ? यो संसारमा जम्मा कति सेक्टर छन ?ति सेक्टरका पनि कति हाँगा-बिंगा छन ? ति हाँगा-बिंगा मध्ये कुन चाहिं हाँगो उनीहरुले पढ्छन वा पढाउछन त ? बस् त्यत्ति न हो ! सन्सार नै त जानेका हुदैनन् ! त्यहिपनि किन सन्सार नै जानेको अभिनय /फुर्ति लाऊछ्न ? के उनीहरु सांच्चिक्कै सन्सार नै जान्दछन त ? पक्कै जान्दैनन् ! भने पछि संसारका विभिन्न हाँगा -बिंगा मध्ये जाबो एउटा हाँगा को बारेमा सिमित ज्ञान हुनेले पनि किन फुर्ति लगाएका होलान ? मुर्खता प्रदर्शन गर्न !
मलाई टिचर बनाउने श्रेय मेरा श्रद्ध्यय गुरु एन.पी.आचार्य लाई जान्छ !
भएको के थियो भने म नारायण प्रसाद आचार्य , त्यतिबेलाका जनता हाई स्कुल का अंग्रेजी शिक्षक संग टेष्ट परीक्षाको लागि ट्युसन पढ्न गएको थिएँ ! वाहाँले जस्ता जस्ता अक्षर लेख्नुहुन्थ्यो म त्यस्तै त्यस्तै बनाएर लेख्ने नक्कल गर्थें ! हाम्रो पालामा ट्युसन पढ्नु भनेको हामीजस्ता लोअर मध्यम क्लाश का मानिसलाई केवल २ महिना मात्रै छुट्याईएको हुन्थ्यो ! त्यहिँ दुई महिना ट्युसन पढेर राम्रो अङ्क ल्याउनु पर्थ्यो ! चाहे अंग्रेजी, चाहे म्याथ ! जुन गाह्रो लाग्थ्यो त्यहिँ बिषय !
एन.पी. आचार्य सर् को मा अंग्रेजीको ट्युसन लिए पछि मेरो अंग्रेजीमा पहिलेको भन्दा झन राम्रो सुधार भयो ! अक्षर त म हुबहु एन.पी.आचार्य सर् कै जस्ता पार्थे पार्थे , पढाउने तरिका पनि बिचार गरिरहन्थे !हाम्रो ग्रुप को पालो आउनु भन्दा अघि सर् को आँगनमा बसेर म आफ्ना अरु साथीलाई सर् कै जसरि स-साना प्याराग्राफ अर्थ लगाएर सिकाउथे !
एक दिन सरले भन्नु भयो, “पुरुषोत्तम ! तिमि फ्री भए पछि मेरा छोरा-छोरी हेर्देउ है !”
म सानै देखि को प्रष्ट बोल्ने मान्छे !तुरुन्तै भनिहालें ,” अरुका केटाकेटी भए त यसो ठग -ठाग गर्दा पनि हुन्थ्यो तर हजुर कै छोरा-छोरी त कसरि ठग्नु हौ !” तिमीले ठग्नै पर्दैन ! सकिहाल्छौ नि ! यसरि मैले एस.एल.सी सकिएको भोलि पल्ट देखि नै कक्षा ५ र ७ का सर् कै छोरा-छोरी पढ़ाउना थालेको थिएँ !
जिन्दगीमा जम्मा तिन जना बालबालिकालाई अक्षर चिनाइयो !
एकदिन सर् कै छोरीका साथीहरु ले सोधे , “सर् ! ८ क्लाश लाई पढाउने कि नपढाउने ?”
आठ क्लाश को किताब चाईनिज भाषामा भए नपढाउने ,नत्र पढाउने !
त्यसो भए पर्सि देखि आउने है भन्दै उनीहरु गए !
यसरि नै मैले पनि कक्षा चढ्दै गएँ ! कुनै कक्षा लाई सानो र ठुलो भनेर छुट्यईन ! एस.एल.सी सम्म का बिद्यार्थी लाई अंग्रेजी र म्याथ दुवै पढाएँ ! कलेज का विद्यार्थीलाई पढ़ाउना शुरु गरेपछि अंग्रेजी मात्रै पढ़ाउना थालें , जुन अझै सम्म कायम छ ! ज-जसले जे जे देख्छ त्यहिँ त्यहिँ सोच्छ ! मैले चाहिं यसलाई आईजा र उसलाई जाई जा भनेर कहिल्यै भनेको छूइन !
कहिलेकाहीं गाऊँ घर तिरका केटाकेटी आएमा अंग्रेजी र म्याथ दुवै सिकाईदिन्छु ! पैसा लिन्न र लिएको पनि छैन !
जहाँ सम्म ट्युसन सेन्टरमा बोर्ड किन नराखे को त भन्ने प्रश्न छ , पत्याउनु हुन्छ कि हुन्न मेरा विद्यार्थीले नै यसको बिरोध गरे !
आ ! सर् ! किन चाहियो बोर्ड ? हजुरलाई नचिन्ने को छ र ?उत्तर मा दुहबी सम्मका अऊँछ्न ! दक्षिण मा अमरटोल, तिनटोलिया बाट अऊँछ्न ! पुर्वमा मधुमारा र पश्चिम मा कुशाहा सम्म का ! अनि किन चाहियो बोर्ड ? यसै भने ! होला तानी भनियो र बोर्ड लगाउने ख्याल नै आएन !
नभन्दै , अहिले ठ्याक्कै ३५ बर्ष भएछ पढ़ाउना थालेको ! वान म्यान शिप मा चालिने रहेको छ ! बरु आफु पो भ्याईदैन !
बरु आफु पो बिग्रिन थालियो ! बिहान ८ बजे पछि मात्रै पढाउने ! बेलुकी ५ बजे सम्म मात्रै पढाउने ! जागिरे हरु ले त पढ्न नै पाईएन भनेर गुनासो पो गर्न थाले !
यसरि आफु खुशी ट्युसन पढाएको जुन मज्जा छ त्यो अरु कुन काम मा होला ?
हुन त म सानै देखि चंख भए पनि पहाड बाट बसाई सरेर आएपछि तराई को हावाले अलि अलि बिगारेको थियो ! सिनेमा हेर्नु पर्ने ,साथि भाई संग नहर तिर डुल्न जानु पर्ने र कनचन्बारि चोक मा क्यारमबोर्ड खेल्न जानुपर्ने ! सबैतिर समय बाँडीदा पढाई लाई पर्याप्त समय दिईदैनथ्यो ! यद्धपि अंग्रेजीका लामा लामा शब्दहरुको स्पेलिङ्ग लेख्नु पर्दा अरु भन्दा छिटो नै आऊथ्यो ! म्याथ का प्रोब्लेम सल्भ गर्नुपर्दा सर् संग-संगै सिध्याईन्थ्यो! नौ मा पढ्दा नौ कै साथीभाई लाई र दश मा पढ्दा दश कै साथीभाई लाई मज्जाले सिकाईन्थ्यो ! एकपटक एकजना अंग्रेजी शिक्षक ले आफु ६ क्लाश मा हुँदा दश कक्षा मा बोलाएर लिएर जानु भयो ! ब्ल्याकबोर्डमा ठुला ठुला अंग्रेजीका स्पेलिङ्ग भएका शब्द लेख्न लगाउनु भयो र दश क्लाश का विद्यार्थीलाई गालि गर्नुभयो ! त्यतिबेला त म फुरुङ्ग भएँ ! तर पछि घर जाँदा बाटोमा तिनै दश कक्षाका विद्यार्थीले कुटुला झैं गरे ! सातो पुत्लो उड्यो !
एक पटक एकजना छिमेकी दाई ले अहिलेको टेलिकम त्यतिबेलाको दुर-संचार मा हो वा कहीं अन्त्यै हो डिक्टेसन् को परिक्षा लिने बेलामा चाहिं तँलाई नै पो लानुपर्छ कि क्या हो भनेर अंग्रेजी कपि हेर्दै तारिफ गर्नुभएको थियो , मन चंगा भएर कता हो कता उडयाथ्यो !
यसरि नै अघि बढ्दै गईयो !
कहिले काहीं पढेलेखेका मानिस हरुमा पनि त्यत्ति ज्ञान हुदो रहेनछ जस्तो लाग्छ ! पल्लो घरको भोला गौतम साथीलाई एक चोटी कक्षा दश को म्याथ को प्रोब्लेम सल्ब गरीदिदै थिएँ ! मेरो ठुलो दाजुले गालि गर्नु भयो ! आफ्नु नपढेर कत्ति न जान्ने जस्तो भएर अर्कालाई के सिकाईरहेको ?
अर्कालाई सिकाउदा त छिट्टै जानिन्छ नि !कहिल्यै बिर्सीइदैना ! अहिले म मेरा विद्यार्थीलाई एक पटक पढ़ाउछु ! ज-जसले बुझछन , नबुझेकालाई बुझाओ भनेर अराउछु ! सबै छलफल गर्न थाल्छन ! बुझ्नेले नबुझेकालाई बुझाउछ्न ! त्यत्ति गर्दा पनि नबुझ्नेलाई म फेरि सिकाउछु ! त्यतिबेला मेरा दाजुले किन यति सानो कुरो नबुझ्नु भएको होला जस्तो लाग्छ !
चल्तीको टिचर हुनको लागि के गर्नु पर्छ ? खै ! मलाई त सांच्चिक्कै थाहा छैन है ! यसो भनेर म पनि उनलाई उल्याउथे ! उनले मलाई चल्तीको टिचर ठानेकै रहिनछिन ! तर म एघार /एघार ग्रुप पढाउने चल्तिकै टिचर त हुँला नि भनेर उल्याउने गर्थे ! यसरि समय बित्दै गएपछि उनि र म जिस्किन हाँस्न र एक अर्कालाई उल्याउन थालिसकेका थियौं ! बाब्बा हो ! नसकिने भईयो ! उनि भन्थिन र म पनि लगत्तै उनको थेगो दोहोर्याउथे !
बुढा पाकाले ठिकै भनेका हुन , ” आगोको अगाडी घीऊ नराख्नु पग्लिन्छ !” ति महिला विद्यार्थीलाई ग्रुप मा पढेको ट्युसन ले मात्रै पुगेन अरे ! अरु रेगुलर बिद्यार्थी सरह उनले पिकअप लिन सकिनन् अरे ! त्यसैले मैले छुट्टी को दिन पनि बुझाईदिनु पर्यो अरे ! त्यत्ति मात्रै हैन , मैले उनकोलागि एउटा सजिलो नोट नै तयार गरिदिए हुन्थ्यो अरे !
म मेरा विद्यार्थीका लागि अहिलेसम्म र सके सम्म सजिलो नै भैदीरहेको छु ! आफुलाई अलिकति दुख कष्ट भए पनि हो-ओस तर विद्यार्थीको भलो हुन्छ भने दुख गर्न पनि तयार हुन्छु !कहिलेकाहीं बिदाको दिन एक डेढ घण्टा समय निकालिदिदा उनीहरुलाई राम्रो हुन्छ भने म ओके भन्छु !तर बिहानको खाना खानु भन्दा पहिलेको समय मा मात्रै ! बिहान को खाना खाईसकेपछी म कुनै ड्युटी लिन चाहन्न र लिएको पनि छुईन ! बरु घुम्न जान्छु !
ति महिला बिद्यार्थी को लागि पनि मैले २/४ ओटा क्लाश सनिबार बिहान लीइदिए ! अरु विद्यार्थीलाई पनि भने, लौ ! है ! मौका छ ! कोहि अऊँछ भने आओ ! धेरैजसो बिद्यार्थी हरु बिदाको दिन रमाईलो नै गर्न चाहन्छन ! बिहान भरि सुत्नु ! आफुखुशी उठ्नु ! कहीं कतै डुल्न जानु ! उनीहरुको इच्छा हुन्छ ! हामि पनि त्यसै गर्थ्यौं र अझै पनि गर्छौं !
मैले उनका लागि एउटा नोट कपि पनि बनाई दिएँ !
समय बित्दै गयो ! उनको ग्रुप को पढाई पनि सकियो ! उनीसंग भेट-घाट हुन छोड्यो !
एक दिन अचानक उनि मेरो घर आईन ! एउटा झोलामा स्याऊ , अनार जस्ता फलफूल थिए र अर्को झोलामा राम्रो खाल को एग्जि-क्युतिब ब्याग र एउटा राम्रो कलम थियो !
बाब्बा हो ! क्या हो यस्तो ? मैले उनलाई उल्याएँ!
परिक्षा को नतिजा निस्कियो नि ! हजुर लाई थाहा छैन ?
पास भैयो कि क्या हो ? परिक्षा को नतिजा त निस्कियो ! थाहा छ नि ! तर स्याउ पो फलेछ ! अनार फलेछ ! अनि ब्याग र कलम पनि फलेछ ! मैले फेरि उल्याएँ ,” बाबा हो ! मैले पढाएका बिद्यार्थी को घर मा त के के पो फलेछ हौ !”
उनि मुसुक्क हाँसिन ! काली काली भए पनि हिस्सी परेकी ! हाँस्दा पनि राम्रै लागिन ! एउटा दांत अलिक सानो रहेछ ! हाँस्ने बित्तिक्कै देखिने !
पढाई सकिएर परीक्षाफल आयो भने पछि बुझी हाल्नु भयो ! म पनि फुर्सद का दिन हरु बिताउँदै थिएँ ! बर्ष मा ३ महिना म पूर्णरुपले खालि हुन्छु ! पहिले पहिले स्कुल का बिद्यार्थी मात्रै पढ़ाऊँदा बरु बार्है महिना बिजी हुईन्थ्यो ! कलेज का बिद्यार्थी हरु सिजन मा मात्रै पढ्छन !
खालि दिमाग सैतान का घर ! यस्तै भन्छन हैन ,हिन्दीमा ? मेरो खालि दिमाग मा त्यत्ति बेला सम्म त कुनै कुरो खेलेन जति बेला सम्म उनले पढिन , पास गरिन र उपहार लिएर आईन ! तर जब उनले म खालि भएको बेला मा नै अग्रेजी सिक्नुपर्यो भनिन , मेरो दिमाग मा अनेकौं कुराहरु खेल्न थाले !
एक्लै त के पढाउनु हौ !
के भयो त एक्लै भएर ? म हजुरलाई राम्रै फी तिर्छु नि !
फी को कुरो हैन ! एक्लै तपाईंको पढाई राम्रो हुँदैन ! नो फ्रेन्ड्स !नो नलेज शेयरिङ्ग !
नलेज त हजुर को शेयर गरिहाल्छु नि ! किन अल्छी गर्नु भाको ?
अल्छी हैन ………….!
बोल्दा-बोल्दै मैले अधुरो छोडे !
अफ्ठ्यारो लाग्यो कि क्या हो ? मेरो इङ्ग्लिश ल्याङ्ग्वेज राम्रो भएको भए ,त्यत्ति टाढा बाट मैं अऊँदिनाथे ! हजुर बिजी भा पनि भन्दिनथे !
हुन त हो तर पनि ………….! वास्तव मा मलाई एक्लो बिद्यार्थी पढाउन अल्छी लागिरहेको थियो ! त्यो भन्दा पनि ठुलो कुरो कति दिन सम्म ? २/४ दिन भए पो ! शुरु गरेपछि त बन्धन मा परिन्थ्यो ! भरिसक पढाउनै नपरे त ……….! यस्तै सोच्न थालें !
बाबा हो ! कति सोचिबक्स्या हजुर ले ?
अब मलाई बडो आपद पर्यो ! फी कति भन्नु ? ग्रुप मा पो यति भन्नु सजिलो हुन्थ्यो /हुन्छ ! एक्लो विद्यार्थीलाई त्यो भन्दा पहिला न-पढाएको त हैन तर ……..सानो बच्चालाई पनि मैले एक्लै पढाएको थिएँ तर ……….तर ति महिला लाई म कतिन्जेल कुन हिसाब ले पढाउने ?
धत् ! बेकार मा नोट बनाई दिएँछु ! बेकार मा सनिबार पढाई दिएँछु ! तिनले त्यत्ति सजिल्यै छोडलिन जस्तो लागेन !
हैन ! ल्याङ्ग्वेज सेन्टर नै जान्थे नि ! धेरै नै टाढा पर्यो र पो त ! उनले म निक्कै बेर घोरिएको देखेर बोलिन ! अर्को कुरो , म हजुर को सिम्पल तरिकाले पढाउने शैली सजिल्यै बुझ्छु ! ल्याङ्ग्वेज सेन्टर मा ४० दिन मा ४० ओटा कार्ड सकेर मात्रै के गर्नु ? मेरो अंग्रेजी हजुर लाई थाहा नै छ !
मलाई त सेकेन्ड इयर पनि पास गर्नु छ ! यस्तै इङ्ग्लिश ले पास हुईञ्छ त ?
त्यसो भए दिन को ४० मिनट मात्रै हेर्छु है त ? मलाई त्यसो के ले बोलायो ? म बोलें !
हुन्छ नि ! हजुर संग त २० मिनट नै भए पनि काफि हुन्छ ! उनि हौसीइन !
भोलि पल्ट देखि मैले उनलाई इंग्लिश ल्याङ्ग्वेज पढाउने भएँ !
घर मा फल-फूल र उपहार लिएर आएकी मान्छे लाई चिया पनि नख्वाई पठाउनु त सोर्है आना अशिष्टता हुन्थ्यो ! तर चिया कसले बनाउने ? पानि त शुरु मैं सहयोगी भाई ले ख्वाई सकेको थियो !
संयुक्त परिवार को चलन कत्तिको थाहा छ ? जुन कुरो पनि समय मा ! खाना खाने समय ! चिया खाने समय ! बुहारी को काम चिया पकाउने ! अरुले जुन बेला पायो त्यहिँ बेला भान्सा मा जान नहुने ! पाहुना नै आए भने मात्रै ! नत्र जसलाई पायो त्यसलाई कसले बेला न कुबेला चिया पकाएर ख्वाउने ?
हाम्रो घर को चलन ठ्याक्कै त्यस्तै थियो ! अहिले पूर्णरुपले बदलिई सक्यो ! कांग्रेश पार्टी जस्तो भएको छ हाम्रो घर ! जसलाई जे गर्न मन छ , आफैं गर्ने !
हुन त त्यतिबेला पनि मैले एउटा ग्यास सिलिन्डर छुट्टै राखेको थिएँ ! ठुलो दाजु को सल्लाह ले !यसो तातो पानि तताउन , अण्डा उसिन्न र इमर्जेन्सीमा चिया पकाउन ! चिया पकाउन जान्ने सहयोगी भाई कलेज पढ्न गएको थियो ! अर्को एउटा सानो भाई , उसलाई ग्यास खोल्नै अऊँदैनाथ्यो ! त्यहिँ फुच्चे पनि कता गाई को सेवा गर्दैथियो कि खेल्दै थियो !
मान्छे आउना साथ् सर् गफिन थाल्नु हुन्छ , यहिँ हो मौका भनेर फुत्त बाहिर निस्किन्थ्यो ! उसलाई बोलाउनु परेमा टेलिफोन को घन्टी बजाउनु पर्थ्यो !
ल्याण्ड-लाईन टेलिफोन आफु नजिकै हुन्थ्यो ! आफ्नै टेलिफोन मा खै कुन नम्बर हो थिच्दा , किर्र्र्र्र्र्र्र्र ! किर्र्र्र्र्र्र ! घन्टी बझ्थ्यो !माथिको ताला बाट जसले उठाए पनि , फलाना लाई खोजेर पठाई दिनु है भन्नु पर्थ्यो !
एक छिन पछि उ हस्य्याङ्ग-फस्याङ्ग गर्दै ,” किन सर् ?” भन्दै टुप्लुक्क अऊँथ्यो !
समय त अचेल कै राम्रो !सबैका हात हात मा सेल फोन छन ! मिस कल गर्ने बित्तिक्कै टुप्लुक्क आईपुग्छन !
कुरा गर्दा गर्दै , आमा कोठामा आउनुभयो ! आमा र ति महिला को नमस्कार आदान-प्रदान भयो ! चिनाजान भयो ! एक छिन कुरा गर्दा गर्दै चिया खाने बेला भैगयो !
नभन्दै, त्यो दिनको चिया संग-संगै खाईयो ! र भोलि देखि पढ्न आउने भन्दै उनि हिडीन !
यसरि एक महिला लाई मैले इङ्ग्लिश ल्याङ्ग्वेज को क्लाश लीइदिन थालें !
भगवान् कृष्ण को भनाई ,” जे हुन्छ समय मैं हुन्छ !” कत्तिको सुन्नु भएको छ ? कत्तिको विश्वाश गर्नु हुन्छ ? मलाई मेरो ट्युसन सेन्टर मा इन्लिश ल्याङ्ग्वेज को क्लाश शुरु गर्नु पर्ने रहेछ ! अर्को बर्ष देखि मैले सबै विद्यार्थीलाई यसको बारेमा प्रचार गर्न थालें ! र नभन्दै, निक्कै बिद्यार्थी हरु आउन पनि थाले ! यसका लागि म अझै पनि ति महिला बिद्यार्थी लाई नै श्रेय र धन्यवाद दिन्छु !
एउटा मात्रै बिद्यार्थी भए पछि के को पढाई हुन्छ र ! चाहे त्यो केटा हो-ओस वा केटि ! दुई जना मात्रै भए पछि बोल्न थालि हालिदो रहेछ नि ! झन त्यसमा पनि हामि त पहिल्यै देखि हाँस्न , बोल्न र उल्लिन थालि सकेका थियौं !
पढाउने टिचरले त्यसरी बोल्नु हुन्छ त ? सोध्नु होला , हैन ? हुदैन तर …….तर सोध्नेले सोधेका कुराको जवाफ पनि त नदिई हुदोरहेनछ ! अझै पनि त्यस्ता कयौं बिद्यार्थी छन जो ग्रुप मैं पढ्ने भए पनि कुनै न कुनै कुरा सोधी हाल्छन ! धेरैका लागि त म क्युरोसिटि को बिषय पनि हुदोरहेछु ! कसरि बस्छ ? कसरि उठ्छ ? कसरि खान्छ ? माथिको भान्षा मा कसरि जान्छ ? को को संग बसेको छ ? हेर्दा त हेल्दी हुनुहुन्छ त ! किन बिहा नगरेको ? के बिचार छ त ? खास मा के भएको हो त ? किन व्हील-चेयर चढेको ? पढाएको पैसा के गर्नु हुन्छ ? यत्ति धेरै पैसा किन चाहियो ? किन हामीसित पैसा लिनु पर्यो ? पछि कमाएर दिऊला नि ! हामि तपाईंको पैसा खाएर कहाँ जान्छौं र ? किन अग्रिम ब्यबस्था राखेको ? यस्तै यस्तै प्रश्न हरु व्यक्तिका स्वाभाव अनुसार सोधिरहन्छन , बोलिरहनछ्न !
उनि त झन एक्लै थिइन ! पढ्नु भन्दा बढी बोल्न नै इच्छुक देखिन्थिन ! मानौ, उनलाई मेरो बारेमा झन धेरै भन्दा धेरै कुरा जान्ने इच्छा थियो ! कोहि कोहि त स्वाभाव ले नै बढी चियो चासो गर्ने हुन्छन ! उनले त झन मेरो बारेमा पहिले नै धेरै कुरा थाहा पाईसकेकी रहिछिन !
गीत पनि गाउनु हुन्छ रे ,हजुर ? कस्तो गाउनु हुन्छ ? कहाँ कहाँ गाउनु भयो ? हामीलाई नसुनाउने ? हजुर किन लजाए जस्तो ? कि हामि संग बोल्नु हुदैन ?
देख्नु भयो त किन मैले एक्ली महिला लाई पढाउन अल्छी गरेको रहेछु त ? संग-संगै लाग�

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.