त्यसै आज नाँसिदैछ तिम्रो नगरी !
भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !!
बलत्कार हत्या हिंसा जाबो खेल नै !
त्यसैले त माँसिदैछ तिम्रो नगरी!!
अश्लिलता फैलिँदैछ युवा पुस्तामा !
खिल्लि गर्दै हाँसिदैछ तिम्रो नगरी !!
भष्ट्रचारी दलालहरु सत्ता गोठाला !
भष्ट्रचारमै गाँसिदैछ तिम्रो नगरी!!
स्वार्थी सबै दाजुभाइ नै शत्रु कट्टर!
हाँगा-हाँगा लाँसिदैछ तिम्रो नगरी!!
झापा नेपाल
रचनाकाल-२२/०२/२०११
(स्रोत : Bhutaneseliterature.com)