सेतु ए सेतु आउ निस्क बन जाउ । सवै गइसके, डाँडो पनि काटीसके होलान् ढाकाराम चिल्याउछन् । ल ल निस्के दाई म पनि तपाईलाई नै कुरी राखेको थिए । गोठमा बाँधीराखेका गाईका बाच्छा बाच्छीहरुलाई घाँस हाल्दै हातमा नाम्लो लिएर निस्कन्छन सेतु । दुवै जना गाँउ देखि माथी फलाटे भन्ने डाँडामा गाईको गोठ गरी बसेका थिए । वन जंगलको नजिक पारेर गोठ बनाउने, गाईबस्तु पाल्ने, दुध घिउ बनाई तल बेसीमा आफ्नो घरमा पठाउने र सालमा एक दुई बाच्छा बाच्छी हुर्काउने र बेची आम्दानी गर्दथे । त्यसवेलाको आयश्रोतमा गोठालो पेषा मानिन्थ्यो ।
दुवै जना हातमा नाम्लो लिइ कम्मरमा हसिया खुर्पेटो भिरेर उकालो लागे । वाटोमा एकआपसमा कुरा गर्दै हिडछन । हैन सेते तैले खैरी गाई बेची सकेको हो ? कतिमा बेचेको हो नी ? कसलाई बेच्यौ ? ढाकारामले कुरो निकाल्दै सोध्छन । अस्ती मात्रै आरुचौरे हेर्न आएका थिए । खैरी गाई नै मन पर्यो भने । आफुलाई पनि दुइ चार दाम जोरेर माइलोलाई नुन लिन बटौली पठाउन परेकोछ । गोठको राम्रो र दुधालु गाई त्यही थियो । गुनी पनि असाध्य थियो । हिजै मात्रै आएर दाम बुझाइ लगिहाले । आज गोठ नै सुन्य भएको छ । के गर्ने अर्को महिना सवै गाउले नुन लिन बटौल जाने उर्दी आएको छ । बेलैमा जोरजाम गर्न पर्यो भनेर गाइ त बेचियो ।
लौ गाईको चिन्ता नमान । फेरी पनि बाच्छी हुर्की सकेका छन । उसको पहिला बेतको बाच्छी पनि अवत वहर लिने भयो क्यारे हैन र ?
‘हो दाई’ वहर लिइपनि सक्यो । सेतुले ऊत्तर दियो ।
राम्रो भयो । तिमी त बटौली जाने सरजम तयार गरिसकेछौ । म त खै यसपाली दामको बन्द बस्त मिलाउन सकेको छैन । गोठमा ब्यएको गाई पनि पोहोर साल बटौली बजारलाई भनिलिएको ऋण बुझो लगाए । दुइ टिन जति घिउ बनाएको छु । त्यही लिएर पठाउनु पर्ला । ढाकाराम भन्दछन ।
लौ सुर्तिको काँचोपात ल्याउन भुलिएछ । जुका लाग्न थालिहाल्यो भन्दै सेते नगिचै छिमैकी के गोठमा सुर्ति पत्ता टिप्न गयो । ऊ नआउन्जेल ढकारामले ढुंगामा हसियाँ उधाउन थाल्यो । सेतेले दुइ पत्ता निचोरेर आफ्नो खुट्टामा लगायो र ढाकारामलाई पनि दुइ पत्ता ल्याएर दियो । दुवै जनाले सुर्ति पत्ता निचोरेर खुट्टाका औला कापामा दले ।
ढाकाराम नगिचैको बाँसघारी बाट सानो बाँसको हागा काटेर ल्यायो र चोया बनाउन थाल्यो । दुवै जनालाई घासको भारी बाध्ने चोयाको गुजल्टो पारी डाडाको उकालो लागे । डाडामा पुगेर आआफ्ना गाई गोरुको खोजीगर्दै बोलाउन थाले । आ लाले । आ चमरी । उताबाट बाँ वाँ गरेर गाइ कराउछन । गोठालाहरु आ आफ्ना पशुको आवाज परै बाट चिनिहााल्छन । पशुहरु पनि आफ्ना गोसाइको आवजको उत्तर परै बाट फर्काउछन । यी गोसाइ र पशुहरुको कुराकानी साहै रमाइलो लाग्दथ्यो । कति बाच्छा बाच्छी त पुच्र ठडयाउदै आफ्ना गोसाइ भए तर्फ आउथे । वरिपरी आएर जिब्रोले चाट्दथे । डाडा बाट गोठालाहरु चिल्याए पछि मिठो घाँसको लागी बाटो विराएका पशुहरु पनि फरक्क फर्कन्थे । वाँ गर्दै उत्तर फर्काउदै गोठालाको नगिच तर्फ मोडिन्थे ।
आफ्ना पशुको रेख देख गरे पछि उनीहरु घाँस काटदथे । घाँसको भारी पुगे पछि गोठालाहरु हाइ र हुइ गरेर चिल्याउछन । हाइ र हुइको आवाज आफ्ना संगी साथीहरु लाई बोलाउने हुन्छ । सवै जना घाँसको भारी बोकी माथी डाडाको चौपारीमा नै विसाउछन । सेतु र ढाकाराम जस्तै सवै गोठलाहरु चौपारीमा जम्मा भइसकेका हुन्थे । ति सवै कोही घासका भारी विसाएका हुन्थे भने कोही दाउराका सिलिक्क मुठारी बनाएका भारी हुन्थे । सवै जना चौपारीमा भारी विसाइ आआफ्ना उमेरका दौतरी संग गफ र कुराकानी हुने गर्दथ्यो । नौ जवान केटाकेटीहरु गीत गाउन शुरु गर्दथे । माथी डाडामा गीतको सुरिलो आवज सुने पछि गाउका आमाहरु खाना बनाउने बेला भएछ भन्दै अगेनामा दाउरा जोडन थाल्दथे । यसरी केहीबेरको थकाइ मारे पछि आ आफ्नो भारी बोकी बाटो लाग्छन ।
सेतु भने गीत गाउन जान्दैनथ्यो । ढाकाराम लय निकालेर गित गाइदिन्थे । गोठाला केटीहरु उनी सँग गीत गाउन मनपराउथे । कहिले काही त केटाकेटीको दोहोरी नै चल्दथ्यो । डाडा माथी घाम पुगे पछि सेतुलेनै अत्याउथ्यो र सवै जना फर्कन्थे । उनीहरु गोठमा आएको केही बेरमै गाइ बस्तु पनि गोठमा फर्कन थाल्छन । बाहिर बाटै गोसाइलाइृ संकेत दिन वाँ गरेर कराउछन । सेतु र ढाकाराम पनि गाईलाई गोठ भित्र ल्याइ बाध्छन । नुन पानी बनाइ पिलाउछन । ठेकीमा गाई दुहुन्छन । दुध पकाउछन खाना सँग दुध खान्छन । बाकी रहेको दुध दही मही बनाउछन ।
चारै तर्फ गाई बाधिएका हुन्छन । विचमा बाच्छा बाच्छी अनि आडमा चाङ्गवाला खाटीया बनाइएका हुन्थे । सवै जसो गोठमा काठको मुडा चुला देखि बाहिर सम्म हुने गरी राखिन्थ्यो । मुडामा आगो धुवाइ रहन्थ्यो । आवस्यक परेको बेलामा ठोसलगाई आगो जलाउने खाना पकाउने गरिन्थ्यो । आगोले मुडो जति जति खायो उति उति अगाडी सारिन्थ्यो र सिधिए पछि अर्को मुडो फेरिन्थ्यो । चङ्गामा सोत्तर बिच्छाइन्थ्यो । सोत्तर माथि कपडाको बिच्छौना विच्छाइ गोठला सुत्थे । विहान भएपछि पुन गोठको काम दोहोरिन्थ्यो ।
सुनवल नवलपरासी
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )