~गोबिन्द रसिक~
मन मेरो तिम्ले तानेर गयौ,
नपाउने माया जानेर गयौ।
आकाशका तारा हुन्छन टाढा,
उडी उडी छुने ठानेर गयौ।
रमाउन खोज्यौ उज्यालो सँङै,
मनभरी त्रिष्ना छानेर गयौ।
बिछोडको पिर बन्दैछ खील,
बिझाउने काँडा हानेर गयौ।
लगाएर माया पाउदा चोट,
भाग्यलाई दोष मानेर गयौ।
मन मेरो तिम्ले तानेर गयौ,
नपाउने माया जानेर गयौ।
2010-05-10
(स्रोत : नेपाली गजल गुगल ग्रुप )