यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ
सङगिनिले कात्ने कुरा तिमी आँफै खोलेकी हौ
दुनियाँ तद्पाउछु भन्थ्यौ आज आँफै तदपीदैछौ
धुङे धाराको पानीमा बिश तिमी आँफै घोलेकी हौ
आलु बेच्यौ चना बेच्यौ दुनियाँ लाई खुशी पार्न
कहिले बेच्न काँचो मासु तिमी आँफै पोलेकी हौ
आफुलाई फूल सम्झ्यौ भमरालाई निम्ता दियौ
जवानीको हासोको मोल तिमी आँफै मोलेकी हौ
यि हल्ला भनु भने तिमी आँफै बोलेकी हौ
सङगिनिले कात्ने कुरा तिमी आँफै खोलेकी हौ
2011-07-17
(स्रोत : नेपाली गजल गुगल ग्रुप )