छोरी
तिमी जन्मँदा
ओंठ लेब्राउनेहरु र
नाक खुम्चाउनेहरु
धेरै थिए
एक डोका फत्तुरहरु
छताछुल्ल भएका थिए
हावा भरि उडेका थिए
ति सवैलाई लोप्पा ख्वाउँदै
पीडाहरुका बिचमा प ि न तिम्री आमा
गर्व गरिरहेकी थिईन्
यौटा अर्को
श्रृष्टि जन्माएर
मैले त
आकाशै जितेको िथंए
ब्रम्हाण्ड नै
पोल्टामा खसेको थियो
त्यसैले त तिमीलाई
उर्वी नामाकरण गरें
घात, घृणा, आघात, माया
सब सहन गर्ने
पृथ्वी
राग, अनुराग, बैराग
केहिले नछुने
स्फटिक
नरोउ बा…
रुँनुहुन्न तिमीले
रोएर जीवन अंगाल्नु भन्दा
हाँसेर जीवन जीउनु पर्छ
सुख दुःखका थपडी बजाएर
संगीत श्रृजना गर्नुपर्छ
तिम्रा रुवाईमा
अलाप हुनुपर्छ
तिम्रा क्रन्दनमा
तान हुनुपर्छ
राग रागिनी झर्नुपर्छ
तिमीले रुँदा
श्रृष्टिको निरन्तरतालाई
तिमीले अझ धकेल्नु छ
तिम्रा भावी पिढीहरुले
तव न अंश अंशमा
तिमी पाउने छन्
मइन झैं बलेर
फिलिङ्गोलाई
आगो बनाउनु छ
प्रकाश छर्न
तिमीले अब गल्नु पर्नेछ
पिटिनु पर्नेछ
तापिनु पर्नेछ
तव कुन्दन मोल रहला
नियाँलेर हेर
तिम्रो गर्भमा
एउटा िसंगो परिवार छ
समाज छ अनि देश छ
त्यसैले
तिमिले औंशी निल्दै
घाम ओकल्दै
सयपत्री भै
पत्र पत्र बाँडिएर
सुगन्ध छर्नु छ
शिशिर-बृक्ष भएर प ि न
श्रीखण्ड दिनुछ
त्यसैले
अनुरोध बेरिएको
चेतावनि यदा राख्नु
खवरदार ! तिमीले मानव जन्माउँनु
खवरदार ! तिमीले मानव हुर्काउँनु ।
धेरै अगाडी छोरीलाई सम्बेधित गरी लेखेको कविता (मेरी छोरी उर्वी पनि साहित्यमा रुची राख्दछे )
August 22, 2011 at 8:30pm
(स्रोत : रचनाकारको फेस्बुकबाट सभार । )