संविधान नभए नि गजल चैँ लेखौँ साथी
गुन्गुनाई त्यै गजल माथ्लो सिढी टेकौँ साथी
स्वप्न मात्र देख्दा पनि आँखा तिर्मिराइदिने
अविवेकी सूर्यलाई हत्केलैले छेकौँ साथी
खाली हो कि भरिएको, नजरैले छुट्टिन्छ रे
आधा लोटा पानी पनि तिर्खै मेट्न देखौँ साथी
मिलनैले जन्माउँछ माया अनि न्यानोपना
समयका चीसा गाला पिरतीले सेकौँ साथी
२०६७/०१/१५
2010-05-07
(स्रोत : नेपाली गजल गुगल ग्रुप )

