बाल कथा : पाटेको घाँटीमा घन्टी

~भारद्वाज मित्र~

पाटे बिरालो चलाखमात्र होइन निकै घुर्त पनि थियो । ऊ घरघर चहारीचहारी दही–दूध चोरीचोरी खान्थ्यो । र चोर्ने मौका नपाएका बेलामा घरघरमा गएर म्याउँ……म्याउँ… गर्दै मागेर पनि खान्थ्यो । मौका ढुकेर मुसा मारेर पनि खान्थ्यो । यसरी ढुकेर, मागेर अनि चोरेर खाएर त्यो पाटे मोटाएको थियो ।

हिजोआज पाटेलाई ठूलो फसाद परेको थियो । घरघरमा अव चूलोमा खाना बनाउन छाडेका थिए । मान्छेहरूले मट्टितेल र ग्यासका स्टोभ, बिजुलीका हिटर अनि राइसकुकरहरूमा खाना बनाउन थालेका थिए । कुनैकुनै घरमा चूलो थिए तर ती चूलाहरू पनि चिसै हुन्थे । त्यसमा आगो बाल्ने चलन हराईसकेको थियो भने कतिपय घरहरूमा त अव चूलो नै थिएनन् । पाटे बिरालोलाई घरका मान्छे खाईपिई सुत्न गएपछि तातो चूलामा बसेर आरामसँग निदाउने बानी परेको थियो । पाटेले अलि पहिलासम्म तातो चूलो खोज्न गाउँ सिङ्गै चाहार्नु पर्दथ्यो । अव त त्यो पनि पाउन छाड्यो । पाटेलाई पर्नु पिर प¥यो । ऊ यसो बुद्धी लगाउन थाल्यो । अल्छी मोराको बुद्धी कहाँ गतिलो हुन्थ्यो र ? कसलाई ठगौँ भन्ने धुर्त बुद्धी खेलाउँदैमा पाटेले केही समय बितायो ।

जाडोको मौसम थियो । पाटेलाई पनि जाडोले सताउँदै थियो । कसरी तातो, न्यानु गर्ने भन्नेमा पाटेले धेरै सोच्यो । गाउमा त मान्छेहरू बस्तथे । मान्छेलाई ऊ झुक्याउन सक्दैनथ्यो । गाउँमा मान्छेसँग गाई, बाख्रा, कुखुरा, भैँसी, हुन्थे । तिनीहरूसँगबाट पाटेले लिन मिल्ने केही देखेन । कुकुरसँग भने राम्रो न्यानो रौँहरू हुन्थ्यो । तर त्यसबाट उसले लिने आँटै गरेन । कुकुर त उसको जन्मजातै सत्रु ।

जाडो त छल्नै प¥यो । ऊ नजिकैको वनमा पस्यो । वनमा बाग, भालु, स्याल, मृग, ब्वाँसो, खरायोजस्ता धेरै जीवजन्तु बस्तथे । बाघ–भालुलाई उसको आँटै नपुग्ने, स्याल, फ्याउरा, ब्वाँसा, मलसाँप्राहरू उभन्दा पनि चलाख थिए । पाटेले आपूmभन्दा कमजोर र सोझो जन्तु खरायोलाई भेट्टायो । खरायोको मुलायम र न्यानो हुने भुत्ला देखेर पाटे लोभियो । उसले जालझेल गरेर भए पनि खरायोको न्यानो र नरम भुत्ला हात पार्ने र जाडो बिताउने सुर ग¥यो । खरायोको छालासमेतको भुत्लासँगै आफ्नो छाला साट्न पाएमा पाटेलाई दुईवटा फाइदा हुने सम्झ्यो । एक त त्यस भुत्लाबाट न्यानो पाउने र अर्को त्यो भुत्ला लगाएर मुसालाई झुक्याउन सकिने । यो सोचेर पाटेले मनमनै जाल बुन्न लाग्यो । खरायोको भेषमा घरघरमा जाँउँला ! मुसाहरूलाई पटापट् समातेर खाँउला !! खरायोको नरम भुत्लाको न्यानु लुगा पनि लाउँला !!! भनेर पाटेले धेरै सोच्यो । उसले पुन्टे खरायोलाई भेट्यो र मित लगाउने प्रस्ताव ग¥यो । सोझो खरायोले हुन्छ भन्यो । दुवैले आपसमा मित लगाए । मित लगाएको केही दिनपछि पाटेले मितसँग चिनो लिनेदिने गर्नु पर्छ भन्ने पनि प्रस्ताव राख्यो । मित लगाएपछि आपसमा चिनो लिनेदिने चलन खरायोले पनि सुनेको थियो । दुवैले चिनोमा आ–आफ्ना भुत्लासहितको छाला नै साटासाट गर्ने सल्लाह गरे । जाडोले आत्तिएको फटाहा बिरालो मितलाई झुक्याउन सफल भएकामा मनमनै खुसी थियो । त्यसैले मितसँग चिनो साट्न उसैले हतार ग¥यो ।

दुवैले आ–आफ्ना भुत्लासहितको छाला नै साटासाट गरे । पाटे बिरालो खरायोजस्तै देखियो भने भुन्टे खरायो बिरालोजस्तै देखियो । घाँसपात खाएर वनमा रमाउने पुन्टेलाई केही फसाद परेन, अलिअलि जाडो भयो, ऊ आफ्नो बाटो लाग्यो । बाठो भएको पाटे भने अव आफ्नो चलाखीसँग निक्कै घमन्ड गर्दै खुसी भएर गाउँ पस्यो ।

उसलाई केही न्यानो पनि भयो, मान्छेले पनि झट्ट चिनेनन् । ऊ दङ्ग प¥यो । र मुसा समाउँन खोज्यो तर उसले मुसा समात्नै सकेन । मुसा समात्नखोज्दा पो पाटेले थाहा पायो । आफ्नो छाला फुकालेर खरायोलाई दिँदा उसका नँग्रा पनि सँगै गएछन् । एकदुई पटक पाटेले मुसा समात्न खोज्यो । उसका हातमा नँग्रा थिएनन्, पाटे भोकै हुन लाग्यो । मुसाहरूले पाटेसँग नँग्रा छैनन् भन्ने थाहा पाए । गाउँका सबै मुसाहरू मिलेर त्यो पाटे बिरालाका घाँटीमा घन्टी झुन्ड्याउने मतो गरे । बल्ल धेरै पहिलादेखि बिरालाका घाँटीमा घन्टी झुन्ड्याउने मुसाहरूको मतो पनि सफल भयो ।

८ माघ, २०६०
‘मित्रबास’ सिर्जनाबस्ती, कपन– १ काठमाडौँ

Published By Hatemalo Sanchar
Year 2, Issue 8
Total Issues 95, Falgun 2060

(स्रोत : Ketaketi.org

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.