कथा: अनौठो मितेरी साइनो

~केतुश खतिवडा~

यो निरन्तर बगिरहने अरुण नदी आज पनि एकनासले वगिरहेको छ, जसरी त्यो दिन बगेको थियो । यस अरुणमा कति पानी बगी सक्योहाला तर पनि त्यो सुसाहटमा अलिकति पनि कमि आएको छैन, त्यसको बहावको गतिमा कमी आएको छैन । अरुणलाई आफनो काखमा राखेर कहिले नथाक्ने यि भिरपाखाहरुमा कति पनि बिचलन आएको छैन । यो बाटो त्यसै गरि लमतन्न तन्किएको तन्किएकै छ । बटुवाहरु त्यसै गरी हतार हतार आफनो गन्तव्य स्थल तिर लक्षित गरेर पाइला चालिरहेछन् । भरियाहरु त्यसरि नै पसिना पुछ्दै तनको भारीले थिचिएर आपसमा कुरा गर्दै सामान पुरे्याउने दिन र समय जोख्दैछन् ।

पारु त्यहि वरको स्यांलमा बसेकी छे, जहां उ १० बर्ष पहिले दशैं तिहारको बिदामा घरमा आएर फेरि स्कूल फर्कदा बसेकी थिई । घाम झुल्कनु अघि हिंडेकी थिइ र त्यतिबेला घाम उकालो काटीवरी ओरालो लागीसकेका थिए । उ अरुणको चिसो हावाको स्पर्स हुने गरि साइडको चौतारीमा बसेर उसको गाउंको काका पर्ने भरियालाई पर्खिरहेकी थिइ । उसले सेतोमा निलो बुट्टा भएको टिसर्टमा हल्का निलो घंुडा मुनिसम्म लामो टाइट जिन्स पेन्ट लगाएकी थिई । पछाडी आर्मीको जस्तो टाटेपाटे ब्यागप्याक बोकेकी थिइ । ब्यागको फिता दर्ुइ कम्बरबाट अगाडी ल्याएर बाँधेकी थिइ । सलक्क परेको लामो कपाल पछाडी लगेर कालो रवर ब्याण्डले खुकुलो पारेर बांधेकी थिइ । ठूला ठूला आंखामा हल्का गाजल, गालाको तल्लो भागको सानो कोठी र भर्खर चढेको गालाको लाली नै उसको श्रृंगार थियो । झट्ट हेर्दा १६-१७ बर्षकी लाग्ने उसको सारिरिक सुगठन र लवाई खवाई हेर्दा कुनै व्रिटिस लाहुरेकी छोरी हो भनेर अड्कल काट्न जो सुकैलाई पनि अप्ठ्यारो थिएन । हुन पनि उसले करातेमा ब्लाकबेल्ट लिएकी थिइ भने नियमित सारिरीक अभ्यास पनि गरिरहन्थि । छोरीलाई पनि लाहुरमा भर्ना लिने गरेको थियो भने यतिबेला पक्कै पनि यिनी ब्रिटिस सेनाको कुनै टुकडीमा बुट बजार्दै हुन्थि होला ।

बिहानदेखिको हिंडाइले थकित उ अरुणको चिसो हावामा आनन्द लिइरहेकी थिई ।

”कहाँसम्म जाने हो नानी ?”

उसको कानमा कसैले कसैलाई सोधेको प्रश्न आइपुग्छ । आफैंलाई कसैले सोधेको भान भए पनि आफूलाई कसले बोलायो होला र भनेर उ विश्वासै नगरी उ पछाडी फर्कन्छे, कसले कसलाई बोलाको रहेछ भनेर जान्ने मनसायले । एक जना २०, २१ ब्ार्षको युवक उसको प्रश्नको उत्तरकै प्रतिक्षा गरिरहेको देखेर उ झस्कन्छे । छोटो कपालमा तेल लगाएको एक कानमा गोकुल लगाएको, त्यस युवकले धर्के सर्ट र कटनको कालो पेन्ट लगाएको थियो । उसलाई यो सुन्दर युवक कहिले कतै देखे भेटेको उसको नजकिको साथि जस्तो लाग्छ, तर त्यो सबै मनमा र घांटीमा आएर अड्निन्छ । दिमागमा स्मृतिहरु झल्याक झुलुक गर्दै आइरहन्छन् र त्यसैमा त्यस युवकको चेहरा अस्पस्ट रुपमा घुमिरहन्छ । युवति कतै हराएजस्तो देखेपछि युवक फेरी त्यहि प्रश्न दोहोर्याउंछ । पारु सम्हालिन्छे र फेरी सोच्न थाल्छे, किन उत्तर दिने चिन्दै नचिनेको बटुवालाई एक मनले भन्यो अर्को मनले भन्यो यो त न कहिं कतै देखिराखेकै युवक हुनुपर्छ उसले फेरी त्यस युवकलाई तलदेखि माथिसम्म हेरि उसलाई त्यस युवकप्रति कता कता विश्वास जागेर आयो । उसका आँखा एक छिन त त्यस युवकमै अडकिए । हत्त न पत्त आफु सम्हालिएर भनि ”उर्लाबारीसम्म”

त्यतिबेला सम्ममा युवकले पनि पारुको चेहरा पढि सकेको थियो । युवकले वार्ता अघि बढाउंदै भन्यो ”एक्लै कि साथी पनि छ ?”
”भरिया पनि छ, गाउंको काका पर्ने” पारुले भनी ।
एक छिन दुवै केहि बोलेनन् । युवकले बोल्ने विषय भेट्न सकेन र पारु बोल्न चाहेर पनि सकिन । युवकले पारु त्यहाँ भन्दा बढि बोल्न नखोजे जस्तो लागे पछि ”म गएँ है भन्दै” अगाडि बढ्यो । जवाफमा पारुले मुसुक्क हाँसेर टाउको मात्र हल्लाई तर उसको आंखा त्यस युवकबाट हटाउन चाहेर पनि सकिन । युवक हेर्दा हेर्दै तेर्सो बाटो कटेपछि खोल्साको घुम्ती भित्र हरायो ।

पारुलाई छटपटि भयो, यो को हो र किन मलाई चिनीराखेको आफनै साथीजस्तो लागिरहेछ, सम्झने निकै प्रयास गरी तर पनि पत्ता लगाउन सकिन । युवकलाई अरु केहि नसोधेकोमा उसलाई आत्मग्लानी भयो । उ हत्त न उत्त झोला बोकेर युवकलाई भेटेर उसको बारेमा सोध्न अगाडी बढि । निकै पर पुगुन्जेलसम्म पनि उसले त्यस युवकलाई नदेखे पछि आफ्नै गल्तीले युवकको बारेमा जान्न नपाएकोमा नमिठो मान्दै, एउटा चौतारीमा बसेर भरिया पर्खिरही ।

बोल्नै नचाहनेलाई बोलाइरहनु उसलाई मन लागेन फेरि मैले बोलाई रहेंभने उसले के सोच्ली, आखिर उ पनि बटुवा म पनि बटुवा । फेरी उसको त काका पर्ने भरिया पनि साथि छ । कति राम्रो कति राम्रो र सफा अनुहार, सलकक परेको कपाल, काला काला ठूला आँखा, भर्खर लाली चढेका गालाहरु, साँची उसले मुस्कुराउँदा उसको चेहरा कस्तो देखिंदो हो कुन्नी । आहा कति रा म्री स्वर्गका अप्सरा भनेका यस्तै हुँदा हन् , उ त्यसै त्यसै त्यस पारुको सौंन्दर्यले मन्त्र मुग्ध हुन्छ । उसलाई फेरि एक पटक हेर्ने इच्छा जागृत भएर आउँछ र पछाडी हेर्छ परसम्म तर देख्दैन मनमा कता कता अजसीलो भएको अनुभव गर्दै अगाडी बढ्छ ।

उकालोको फेदीमा रहेको सानो चिया पसलमा बसेर उसले बाहिर चियाइरह्यो, एक पटक पारुलाई धित मरुन्जेल हेर्ने इच्छा प्रवल रुपमा जागृत भएकोले । बाटोमा बटुवाहरु ऋाआफ्नै सूरमा ओहोर दोहोर गरिरहेका थिए । कोहि बाटोको साइडमा झोला तथा भारी विसाएर एकछिन थकाई मार्थे त कोहि सरासर आफ्नो बाटो लाग्थे । निकै बेरको प्रतिक्षा पछि पारु आउँदै गरेको उसले देख्यो पारुको पछाडी पछाडी भरिया हिंडिरहेको थियो । पारु र भरिया त्यहि चिया पसल अगाडीको काठको बेन्चमा थकाई मार्न बसे । पारुले उसका आँखाले भ्याएसम्म सबैतिर युवकलाई हेरि तर कहिं देखिन, पसल पसलमा हेरि, बिस्यौनिमा हेरी बाटामा हेरि कहिं देखिन, देखोस पनि कसरी उ पारुले नदेख्ने गरिनै बसेको थियो, पारु कै अगाडीको चिया पसलको कुनामा । पारुले फेरी एक पटक सबैतिर आँखा घुमाएर युवकलाई खोजी अनि पनि कतै नदेखे पछि आराम गर्न तिरै व्यस्त भई । रुमालले पसिना पुछि, कपाल मिलाई, स्कर्ट टक्टक्याई । युवकले यो सव देखेको भए पनि उसले पारुको मनको कुरा बुझ्न सकेको थिएन । उ एक तमासले पारुलाई हेरिरहेको थियो, इस्वरको अद्भुत सिर्जना मानेर । हेर्दा हेर्दै पारुले भरियालाई के के भनी र झोला बोकेर अगाडी बढी । झोलुगें पुलको मुखमा पुगुन्जेल उसले टाउको तन्काएर हेर्यो, पारुलाई ।

कनेटिकट, अमेरिका, २० जुन

(स्रोत : Nepalipost.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.