~केतुश खतिवडा~
यो निरन्तर बगिरहने अरुण नदी आज पनि एकनासले वगिरहेको छ, जसरी त्यो दिन बगेको थियो । यस अरुणमा कति पानी बगी सक्योहाला तर पनि त्यो सुसाहटमा अलिकति पनि कमि आएको छैन, त्यसको बहावको गतिमा कमी आएको छैन । अरुणलाई आफनो काखमा राखेर कहिले नथाक्ने यि भिरपाखाहरुमा कति पनि बिचलन आएको छैन । यो बाटो त्यसै गरि लमतन्न तन्किएको तन्किएकै छ । बटुवाहरु त्यसै गरी हतार हतार आफनो गन्तव्य स्थल तिर लक्षित गरेर पाइला चालिरहेछन् । भरियाहरु त्यसरि नै पसिना पुछ्दै तनको भारीले थिचिएर आपसमा कुरा गर्दै सामान पुरे्याउने दिन र समय जोख्दैछन् ।
पारु त्यहि वरको स्यांलमा बसेकी छे, जहां उ १० बर्ष पहिले दशैं तिहारको बिदामा घरमा आएर फेरि स्कूल फर्कदा बसेकी थिई । घाम झुल्कनु अघि हिंडेकी थिइ र त्यतिबेला घाम उकालो काटीवरी ओरालो लागीसकेका थिए । उ अरुणको चिसो हावाको स्पर्स हुने गरि साइडको चौतारीमा बसेर उसको गाउंको काका पर्ने भरियालाई पर्खिरहेकी थिइ । उसले सेतोमा निलो बुट्टा भएको टिसर्टमा हल्का निलो घंुडा मुनिसम्म लामो टाइट जिन्स पेन्ट लगाएकी थिई । पछाडी आर्मीको जस्तो टाटेपाटे ब्यागप्याक बोकेकी थिइ । ब्यागको फिता दर्ुइ कम्बरबाट अगाडी ल्याएर बाँधेकी थिइ । सलक्क परेको लामो कपाल पछाडी लगेर कालो रवर ब्याण्डले खुकुलो पारेर बांधेकी थिइ । ठूला ठूला आंखामा हल्का गाजल, गालाको तल्लो भागको सानो कोठी र भर्खर चढेको गालाको लाली नै उसको श्रृंगार थियो । झट्ट हेर्दा १६-१७ बर्षकी लाग्ने उसको सारिरिक सुगठन र लवाई खवाई हेर्दा कुनै व्रिटिस लाहुरेकी छोरी हो भनेर अड्कल काट्न जो सुकैलाई पनि अप्ठ्यारो थिएन । हुन पनि उसले करातेमा ब्लाकबेल्ट लिएकी थिइ भने नियमित सारिरीक अभ्यास पनि गरिरहन्थि । छोरीलाई पनि लाहुरमा भर्ना लिने गरेको थियो भने यतिबेला पक्कै पनि यिनी ब्रिटिस सेनाको कुनै टुकडीमा बुट बजार्दै हुन्थि होला ।
बिहानदेखिको हिंडाइले थकित उ अरुणको चिसो हावामा आनन्द लिइरहेकी थिई ।
”कहाँसम्म जाने हो नानी ?”
उसको कानमा कसैले कसैलाई सोधेको प्रश्न आइपुग्छ । आफैंलाई कसैले सोधेको भान भए पनि आफूलाई कसले बोलायो होला र भनेर उ विश्वासै नगरी उ पछाडी फर्कन्छे, कसले कसलाई बोलाको रहेछ भनेर जान्ने मनसायले । एक जना २०, २१ ब्ार्षको युवक उसको प्रश्नको उत्तरकै प्रतिक्षा गरिरहेको देखेर उ झस्कन्छे । छोटो कपालमा तेल लगाएको एक कानमा गोकुल लगाएको, त्यस युवकले धर्के सर्ट र कटनको कालो पेन्ट लगाएको थियो । उसलाई यो सुन्दर युवक कहिले कतै देखे भेटेको उसको नजकिको साथि जस्तो लाग्छ, तर त्यो सबै मनमा र घांटीमा आएर अड्निन्छ । दिमागमा स्मृतिहरु झल्याक झुलुक गर्दै आइरहन्छन् र त्यसैमा त्यस युवकको चेहरा अस्पस्ट रुपमा घुमिरहन्छ । युवति कतै हराएजस्तो देखेपछि युवक फेरी त्यहि प्रश्न दोहोर्याउंछ । पारु सम्हालिन्छे र फेरी सोच्न थाल्छे, किन उत्तर दिने चिन्दै नचिनेको बटुवालाई एक मनले भन्यो अर्को मनले भन्यो यो त न कहिं कतै देखिराखेकै युवक हुनुपर्छ उसले फेरी त्यस युवकलाई तलदेखि माथिसम्म हेरि उसलाई त्यस युवकप्रति कता कता विश्वास जागेर आयो । उसका आँखा एक छिन त त्यस युवकमै अडकिए । हत्त न पत्त आफु सम्हालिएर भनि ”उर्लाबारीसम्म”
त्यतिबेला सम्ममा युवकले पनि पारुको चेहरा पढि सकेको थियो । युवकले वार्ता अघि बढाउंदै भन्यो ”एक्लै कि साथी पनि छ ?”
”भरिया पनि छ, गाउंको काका पर्ने” पारुले भनी ।
एक छिन दुवै केहि बोलेनन् । युवकले बोल्ने विषय भेट्न सकेन र पारु बोल्न चाहेर पनि सकिन । युवकले पारु त्यहाँ भन्दा बढि बोल्न नखोजे जस्तो लागे पछि ”म गएँ है भन्दै” अगाडि बढ्यो । जवाफमा पारुले मुसुक्क हाँसेर टाउको मात्र हल्लाई तर उसको आंखा त्यस युवकबाट हटाउन चाहेर पनि सकिन । युवक हेर्दा हेर्दै तेर्सो बाटो कटेपछि खोल्साको घुम्ती भित्र हरायो ।
पारुलाई छटपटि भयो, यो को हो र किन मलाई चिनीराखेको आफनै साथीजस्तो लागिरहेछ, सम्झने निकै प्रयास गरी तर पनि पत्ता लगाउन सकिन । युवकलाई अरु केहि नसोधेकोमा उसलाई आत्मग्लानी भयो । उ हत्त न उत्त झोला बोकेर युवकलाई भेटेर उसको बारेमा सोध्न अगाडी बढि । निकै पर पुगुन्जेलसम्म पनि उसले त्यस युवकलाई नदेखे पछि आफ्नै गल्तीले युवकको बारेमा जान्न नपाएकोमा नमिठो मान्दै, एउटा चौतारीमा बसेर भरिया पर्खिरही ।
बोल्नै नचाहनेलाई बोलाइरहनु उसलाई मन लागेन फेरि मैले बोलाई रहेंभने उसले के सोच्ली, आखिर उ पनि बटुवा म पनि बटुवा । फेरी उसको त काका पर्ने भरिया पनि साथि छ । कति राम्रो कति राम्रो र सफा अनुहार, सलकक परेको कपाल, काला काला ठूला आँखा, भर्खर लाली चढेका गालाहरु, साँची उसले मुस्कुराउँदा उसको चेहरा कस्तो देखिंदो हो कुन्नी । आहा कति रा म्री स्वर्गका अप्सरा भनेका यस्तै हुँदा हन् , उ त्यसै त्यसै त्यस पारुको सौंन्दर्यले मन्त्र मुग्ध हुन्छ । उसलाई फेरि एक पटक हेर्ने इच्छा जागृत भएर आउँछ र पछाडी हेर्छ परसम्म तर देख्दैन मनमा कता कता अजसीलो भएको अनुभव गर्दै अगाडी बढ्छ ।
उकालोको फेदीमा रहेको सानो चिया पसलमा बसेर उसले बाहिर चियाइरह्यो, एक पटक पारुलाई धित मरुन्जेल हेर्ने इच्छा प्रवल रुपमा जागृत भएकोले । बाटोमा बटुवाहरु ऋाआफ्नै सूरमा ओहोर दोहोर गरिरहेका थिए । कोहि बाटोको साइडमा झोला तथा भारी विसाएर एकछिन थकाई मार्थे त कोहि सरासर आफ्नो बाटो लाग्थे । निकै बेरको प्रतिक्षा पछि पारु आउँदै गरेको उसले देख्यो पारुको पछाडी पछाडी भरिया हिंडिरहेको थियो । पारु र भरिया त्यहि चिया पसल अगाडीको काठको बेन्चमा थकाई मार्न बसे । पारुले उसका आँखाले भ्याएसम्म सबैतिर युवकलाई हेरि तर कहिं देखिन, पसल पसलमा हेरि, बिस्यौनिमा हेरी बाटामा हेरि कहिं देखिन, देखोस पनि कसरी उ पारुले नदेख्ने गरिनै बसेको थियो, पारु कै अगाडीको चिया पसलको कुनामा । पारुले फेरी एक पटक सबैतिर आँखा घुमाएर युवकलाई खोजी अनि पनि कतै नदेखे पछि आराम गर्न तिरै व्यस्त भई । रुमालले पसिना पुछि, कपाल मिलाई, स्कर्ट टक्टक्याई । युवकले यो सव देखेको भए पनि उसले पारुको मनको कुरा बुझ्न सकेको थिएन । उ एक तमासले पारुलाई हेरिरहेको थियो, इस्वरको अद्भुत सिर्जना मानेर । हेर्दा हेर्दै पारुले भरियालाई के के भनी र झोला बोकेर अगाडी बढी । झोलुगें पुलको मुखमा पुगुन्जेल उसले टाउको तन्काएर हेर्यो, पारुलाई ।
कनेटिकट, अमेरिका, २० जुन
(स्रोत : Nepalipost.com )
