‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्žयो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।
….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्žयो र सरासर छेवैको भट्टीमा पस्यो ।
….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको पाँच रुपियाँ…..। उसले पटुकाको फेरो फुकाउनुपरेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी…..बोकेर घर फर्कियो ।
(स्रोत : Nepalisahitya.webs.com )