~सरस्वती ‘प्रतीक्षा’~
नदीहरू उल्टो बगेको देखेर
छोराले सोध्यो-
‘आमा,
आजकल किन नदीहरू उल्टो- उल्टो बग्छन् -’
राष्ट्रिय पीडाले आक्रान्त
बूढी आमाले खोक्दै भनिन्-
‘छोरा, जब शासकहरू
पानीको साटो जनताको रगत पिउँन थाल्छन्
तब नदीहरू
व्रिद्रोह गर्दै उल्टो-उल्टो बग्छन् !’
(स्रोत : Sayapatri )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.