~मालती श्रेष्ठ~
मेरो ईच्छा लत्याउने तिम्रो मन पापी
तिम्रो लागि मरिमेट्ने मेरो मन पापी
किन बोक्नु मैले मात्र भारी सधैं भरी
छुट्याईदिन सके हुन्थ्यो मायाँ बराबरी
बाँच्न गाह्रो निर्दोषी भै दोषकोअर्को खापी
तिम्रो लागि मरिमेट्ने मेरा मन पापी
अस्तायो घाम भोलीपल्ट अर्कै दिन भयो
तिमी भन्दै पीरैपीरमा मेरो जुनी गयो
गलाउँदैछ निष्ठुरीको यादले चापी चापी
तिम्रो लागि मरिमेट्ने मेरो मन पापी
June 20, 2006
(स्रोत : Bhab.wordpress.com )