~राजुराम मुनंकर्मी~
नयां वर्ष आउँदै छ । रक्षिताले नयां वर्षको पहिलो दिन रमाइलो गरी मनाउन योजना बनाउन थालिन् । साथीहरुलाई शुभकामना बाढ्न उसले कार्डहरु किनेकी थिइन ।
‘‘ के गरिरहेकी छोरी ? ” कोठाभरि कार्ड छरिएको देखेर उनका बावाले सोध्नुभयो ।
‘‘नयां वर्षको शुभकामना कार्डहरुमा लेख्दै छु ” उसले खुसी हुंदै भनिन् ।
रक्षिताले लेखेका कार्डहरु कुनै हिरो हिरोइनका थिएनन् । बरु नेपालका हिमाल, पूmल ,मन्दिर,चराचुरुङ्गि जस्ता मनमोहक दृश्य भएका कार्डहरु थिए । छोरीको कार्ड रोजाई प्रति बुबा खुसी हुनभयो ।
‘‘ बुबा बैशाख १ गते भक्तपुर घुम्न जाने है । अनि लिङ्गो उभ्याएको हेर्न र सिद्ध पोखरी घुम्न जाने है । साथीले भनेको त्यहा विस्केट जात्रा हुन्छ रे । धेरै रमाइलो पनि हुन्छ रे ।
“हुन्छ । जाऔला जात्रा हेर्न रमाइलो हुन्छ । विस्केट जात्रा किन मनाइन्छ ?–थाहा छ तिमीलाई ?” बुबाले सोध्नु भयो ।
“अह, थाहा छैन । किन मनाइन्छ ?” रक्षिताले उत्सुक हुँदै प्रश्न गरी ।
“यसको बारेमा एउटा कथा छ ।” बुबाले भन्नु भयो । बुबाको कुरा सुनेर ऊ झन उत्सुक भई । रक्षिताको उत्सुकतालाई बुझेर बुबाले कथा भन्न थाल्नुभयो ।
परापूर्वकालमा एक प्रतापी राजा थिए । उनकी एक अत्यन्त सुन्दरी छोरी थिईन् । उसको विवाह राजकुमारसँग गरियो । विवाह भएको भलिपल्ट राजकुमार मरेको अवस्थामा पाइयो । त्यसरी नै राजकुमारीको विवाह धेरै पल्ट गरियो । तर कुनै राजकुमारले पनि ऊसँग एकरात पनि विताउन सकेनन् । उनीहरु विवाह भएको भालिपल्ट मरेको अवस्थामा पाइन्थो । यसरी धेरै राजकुमारले अनाहकमा ज्यान गुमाए ।
राजाले ती राजकुमारीको सफल विवाह गरिदिने धेरै कोशिष गरे । एकदिन राजाले आप्mनी छोरीसँग एकरात विताउन सक्ने राजकुमारलाई धेरै धन र राज्य सहित धुुमधामसंग विहे गरिदिने घोषणा गरे । एकजना प्रतापी राजकुमार ती राजकुमारीसँग विवाह गर्ने इच्छाले आफ्नो देशबाट हिडे ।
वाटोमा उनले एउटी वुढीलाई भेटे । ती वुढीले राजकुमारीसँग राजकुमारहरुले एक रात विताउन नसक्नुकोे रहस्य वताइन् । राती सुत्नेवेलामा राजकुमारीको नाकको प्वालवाट एकजोडी अजिंगर निस्कने गर्दो रहेछ । तिनीहरुले नै राजकुमारीसँग विवाह गर्ने राजकुमारलाई मार्ने गर्दाे रहेछ ।
अनि त्यहांवाट केही पर एउटा खड्ग भेटिने र त्यसैले राती अजिंगर निस्कने बेला दुई टुक्रा पारी काटिदिएमा राजकुमारीसंग विहे गर्न पाउने कुरा वुुढीले वताइन् । बुढीले बताए अनुसार राजकुमारले खड्ग दिएर दरवार गयो । र, राजकुमारी संग विहे गर्ने कुरा वताए । राजाको शर्त बमोजिम ऊ राजकुमारीसंगै एक रात विताउने भयो ।
बुढीले भनेझै राती राजकुमारी सुतिरहेको समयमा उसको नाकको प्वालवाट एक जोडी अंजिगर निस्के । अजिंगर निस्कन लागेको देख्नासाथ राजकुमारले त्यहि खड्गले दुई टुक्रा हुने गरी काटिदिए । मर्ने बेलामा ती अजिंगरहरुले उनीहरुको पुरुर्षाथलाई सम्झना गरिराख्न जात्रा चलाउन भने । यसरी उसले आफूलाई अजिंगरहरुबाट बचाए ।
भोलि पल्ट उसको विवाह ती राजकुमारसंग धुमधामसंग भयो । उसले राज्य समेत पाए ।
अनि हरेक वर्षको चैत्र मसान्तको आखिरी दिनमा सवैले देखिने गरी लामो काठको लिङ्गोमा दुइवटा पटाका झुण्डयाई लिङ्गो उभ्याउने गरियो । र, २४ घण्टा पछि त्यसलाई फेरि ढाल्ने (विसर्जन गराउने )े परम्परा वसाए । यसैलाईनै विस्केटजात्रा भनी जात्रा चलाइयो ।
“कथा सुने पछि त, जात्रा हेर्न जान झन मन भयो ।” रक्षिताले खुसी हुँदै भनी ।
Published By Hatemalo Sanchar
Year 2, Issue 8
Total Issues 95, Falgun 2060
(स्रोत : Ketaketi.org