गोली
आखिर किन चल्छ
मिठो निद्रा झस्काउंदै
रतिकि्रया विथोल्दै
रगताम्मे पारेर रातहरु
गोली
यमराज महांकाल
भोक भन्दा विशाल
उठ्नैपर्ने थाकेका हारेका
आत्मसमपर्णका हातहरु
गोली
नड०्गाइ दिन्छ
रचना र सिर्जना
प्रफुल्ल कस्तो पुरुषार्थ
डि०्च्च दुःशासन दांतहरु
गोली
शान्ति बांड्छु भन्छ
बलत्कार गर्दै प्रेमपूर्वक
हाडछालाका शरीरलाई
गांसवास छिनाइ आतहरु
गोली
विज्ञान हो मान्नैपर्ने
क्रान्ति हो जाग्नैपर्ने
नेपाल आमाको छातिमािथ
बुट बजार्दै लातहरु
क्यानाडा
June 21, 2006
(स्रोत : Bhab.wordpress.com )