पुल र बाटो बगाउँदे आप्mनो भलमा
एकलव्य धूनमा पानी दर्किरहेछ
गड्याड.गुडुड. चट्यांग बज्रिरहेछ
टुहुरो बालकलाई मगन्तेले
सान्त्वना दिइरहेछ ः
,,नरोऊ, बाबा, नरोऊ । पारिबाट मैले
भोलि नाना, चाचा ल्याइदिन्छु ।,,
बम पड्केर छातीमा सहर भत्किरहेछ
भग्न भित्ताहरुमा नउप्केको
शान्ति क्षेत्रको विज्ञापन पढिरहेछन्
भाग्दै गरेका बटुवाहरु
,,ऊँ शान्ति ।,, जपिरहेछन् बाजेहरु
,,अब कहाँ जाने ?,, एकले सोधिरहेछ
,,भगवान् जानून् ।,, जवाफ आइरहेछ
हरेक चोटि घर फर्कंदा
मृत्युलाई जितेको आभास हुन्छ
आफन्तहरुको उपस्थिति पनि हिजो आज
दशैं तिहारको चाड हुन्छ
तर निष्ठुरी समय एकाएक
डढेको घर र मरेको आफन्त लिएर आइरहेछ
शून्यतामा पनि संहारको अटृहास घन्किरहेछ
देश ः प्रत्येक घानमा मान्छे भुटिने चर्केको हाँडी
वर्तमान ः हिंसा र आतंकको भयावह छहारी
भविष्य ः शेष आँसु र पीडाको दोभान
भूत ः बेवारिस सुन्दर स्वप्नहरुको अवसान
त्यही वर्तमान, भविक्ष्य र भूतको घाटमा
लम्पसार परिरहेछ देश
बुद्ध झोक्राइरहेछ
बारुद बस्तीमा सुनिंदैन कतै शान्तिसन्देश
सगरमाथा बगाउन खोज्ने पानी दर्किरहेछ
जनताको छातीमा समयको चट्यांग बज्रिरहेछ
रुवावासी र कोलाहलमय अभ्यस्त परिवेशमा
आवाजभित्रको अन्तिम आवाज ः
नालापानी भोगेको मेरो देशको
,,गुहार …………… ।।।,,
आवाजभित्र कता कता हराइरहेछ ।
ई.सं. २००३
Madhu “Madhurya” ,
Mascow, Russia
Issue : 2003
(स्रोत : Pardesh.com)