कथा : रिङचेन र मेरो छाया

~मनिषा भट्टराई~Manisha Bhattrai

उसको नाम उच्चारण गर्न एकछिन त मलाई गाहारो भयो । कस्तो अनौठो नाम रिङचेन । नाम मा अर्थ खाज्दै थिएँ म । राम्री खाइलाग्दी पहाडि स्वच्छ हावापानीले झन् रातोरातो गालाले आकर्षण थपेको थियो अनुहारमा ।

धूलो, धुवा“ प्रदूषणले गर्दा आफ्नो वास्तविक रूप हराएकी म । सा“च्चै आफैंलाई त्यति नराम्री त कहिल्यै लागेको थिएन मलाई । मेरो एउटा स्वास्नीमान्छे मन ईष्र्या गर्दै थियो उसको रूप देखेर ।

“जाने होइन दिदी ?” उ मलाई सोध्दै थिई । जानै त आको नि । मनैमनै भनें , तर बाहि™ भनिन । मेरो भारी पोको पार्दै उठी उ । स“ाच्चै कति परजीवी म जुकाजस्तो । अर्काको श्रमबिना बा“च्न नसक्ने म कति लाछी । तर अब उसले भारी उठाइसकेकी थिई । निरूपाय भएर लुखुरलुखुर पछि लागेकी थिए“ म ।
पहाड सा“च्चै त्यसै रमाइलो । स्वभिमानी पहाड भन्दै थिए “ए, म जस्तै भएर बा“च्न सिक ।” उ बाटोभरि बोल्दै हिड्दै थिई ।

“कसलाई लिएर आइस् रिङचेन ?” एउटी बूढी मान्छेले तलदेखि माथिसम्म नियाल्ःदै सोधिन् । मानौं म कुनै अर्कै ग्रहबाट आएकी कुनै अनौठो जन्तु पो हु“ कि श्र?
“काठमाण्डौबाट आउनुभाको दिदी, माथि जान लागेकी नि ।”

बाटोभरि नै एउटा ‘शो पिस’ बन्न पुगेकी थिए“ म आफ्नै देशमा ‘फरेनर’ भएर हिड्दै थिए म । आफ्नो माटोमा अपरिचितझैं हिड्दै थिए“ । कति अनौठो, आफ्नै देशमा विदेशीझैं व्यवहार पाउनु र विदेशीकै अनुभव गर्नु ।

“कताबाट हो रिङचेन ?”एउटा राम्रो र खाइलाग्दो केटाले सोध्छ चौतारीमा भारी बिसाउ“दा ।श्र

“हन, यो रिङचेन त झनझन् राम्री हुदै छ नि गा“ठे ?” अर्काले स्वादे जिब्रो पड्काउ“दै बोल्छ मेरो उपस्थितिको ख्यालै नगरीकन ।श्र

“छ्या, यो कर्मा दाइ त जे पायो त्यही बोल्छ ।” रिङचेन मतिर हेर्दै अप्ठायारो मान्दै हप्काउछे । म त भाषै नबुझेझैं पक्क परेर हेर्दै थिए“ । कति अनौठो मान्छेकै समुदायमा पनि मान्छेकै भाषा नबुझेझै हुनु ?

कसले बनायो होला यो चौतारी । पक्कै ठूलै हृदय हुनुपर्छ त्यसको यति शीतल र आरामदायी ठाउ“ मेरो सिटिङरूमको सोफाभन्दा पनि । घाम हेर्दै हिड्नुपर्ने ठाउ“मा आराम गर्न कहा“ पाउनु र ? गन्तव्य टाढै थियो । बिस्तारै उकालो लाग्यौं । कलिला हातले बाखे्र घा“स काटेको देख्ता धेरैबेरसम्म आफ्ना हातलाई हेरेकी थिए“ । धूलो, माटो र जुकाको रगतले रङ्गिएका ती साना कलिला खुट्टाले मलाई चुनौति दिइरहेका थिए ‘सक्छौ भने खाली हिड’ भन्दै । मेरा खुट्टा त जुत्ताका लागि थिए । फेरि एक पटक आफूलाई जुकाको समानान्तरमा पाएकी थिए“ मैले । बास बस्ने ठाउ“मा पुगेर हामी सुस्ताएका थियौं । धेरै थाकेकी थिए“ म तर रिङचेन उस्तै थिइ फुर्तिली । एक बटुको तोङबा घटघट पारी उसले । “दिदि तिमी पनि खाउ न , जीउ दुख्तैन ” मलाई भन्दै थिइ उ । मैले खान्न भन्दा उ फिसिक्क हा“सी र फेरी अर्को बटुको थपी ।

तेइस वर्ष पुगेकी उ , चौध वर्षको उमेरदेखि भरिया काम गर्दै थिई । सानैमा वावुको मृत्युले गर्दा संघर्ष गर्न सिकेकी थिई उसले । आमाकी एउटै सन्तान उसको बाल्यकाल अत्यन्तै कष्टपुर्ण थियो रे । अर्काको मेलापात गरेर दुइछाक बल्लबल्ल पुर्याउ“थिन् रे आमाले । नाम मात्रको बस्ने छाप्रो थियो रे । बाबु छ“दा अलिअलि घरबार नभएको त थिएन। तर पहिरोले उठिबास लगाएर त्यो अवस्था भएको रे । उसले लामो सास फेर्दै आफ्नो कथा सुनाएकी थिई तोङबा पिउ“दै ।

तर समयले कोल्टे फेरेकोले रिङचेनको भाग्य चम्केको थियो । थोरै भएपनि पर्यटकिय क्षेत्र भएकोले उसले भारी बोक्ने काम पाएकी थिइ । भारी बोक्दै अलिअलि सम्पति जोडेकी थिइ उसले । सानो छाप्रो र घरबारीको जगेर्ना गरेर आमाको मन उज्यालो बनाएकी थिई उसले । सदरमुकामबाट ६ दिन हिडेर पुगिने उसको घरलाई चाहिने सामान सदरमुकामबाटै ल्याउने गरेकी थिई । अहिले भने सुखकै जीवन बा“चेकी छु भन्ने लागेको थियो उसलाई । उसकै भाषमा उ निक्कै सुखी थिई । यसरी उसका हरेक पाइलाका संघर्षले मेरा संघर्षबिहिन दिनहरूलाई जिस्काएको अनुभव गरेकी थिए“ ।

अ“ध्यारो कोठामा पल्लो खाटमा रिङचेन पल्टेकी थिई । सा“च्चै कति रमाइलो हुन्थ्यो होला उज्यालो नभएको भए , केहि नदेखिने निष्पट्ट कालो अध्या“रो । अध्य“ारो र शून्य उस्ताउस्तै ।

“दिदि ? तिमी कति भाग्यमानी छौ है ?” रिङचेन मलाई सोध्दैथिई ।श्र

“ किन र रिङचेन ?” आफ्नो जमातमा आफूलाई सधैंर्‘अनलक्की’ ठान्ने म । श्र

“यति धेरै पढेकी छौ । जागिर छ , पैसा छ । अरू के चाहियो ?” उसले म भाग्यमानी हुनुको कारण बताएकी थिई ।श्र

“पैसा त तिमी पनि कमाउदैछ्यौ नि । आफ्नो खुट्टामा उभिएका छौ, पढ्नुलेख्नु नै ठुलो कुरा होइन नि ?” निरीह शिक्षीत मान्छेको जमातलाई सम्झिदै उसलाई सम्झाए“ । एकछिन उ चुप लागि । दुवैजना फेरी आ आफ्नो वैचारिक द्धन्दमा अल्झियौं ।श्र

” तिमीले त राम्रो लोग्ने पनि पाउ“छौ होला नि, दिदी ?” उसको यो अप्रत्याशित प्रश्नले म सोच्न बाध्य भए“ , “रामा्रे लोग्ने ।”श्र

कस्तो हुन्छ रामा्रे लोग्ने ? मैले पहिले कहिल्यै सोचेकी थिइ“न । तर सोच्न थालें । को जस्तो हुनुपर्छ ? निक्कैबेरसम्म धेरै जना आफ्ना वरिवरिका लोग्नेमान्छेलाई सम्झें । तर अह“ राम्रो को परिभाषा बुझ्न सकिन र उसैलाई सोधें ।

“कुरा बुझ्ने र माया गर्ने भए पुग्छ मलाई त ?” उसले मलाई भनी । हो त नि , त्यति नै त हो मलाई चाहिने पनि । त्यसबेला मैले एक जना युरोपयिन साथीको कुरा सम्झेकी थिए“ँ “संसारका जुनसुकै कुनाका भए पनि स्वास्नीमान्छेको एउटा मन उस्तै हुन्छ चाहे त्यो सडकमा बस्ने होस् वा महलमा ।”श्र

उसको चेतनाको लोग्ने र मेरो चेतनाको लोग्नेका लागि आधारभुत आवश्यकता दुबै उस्तै थिए । उसको एउटा मन र मेरो एउटा मन उस्तै भएको थियो लोग्नेमान्छेले गर्दा । हरेक केटीको चाहना सानो घर माया गर्ने लोग्ने, सुखी संसार ! साँच्चै उस्तै शारीरिक संरचनामा भएका हामी उस्तै थियौं यो बिन्दुसम्म आइपुग्दा ।

“दिदी ! मलाई त कसले बिहा गर्छ र ?” ऊ मस“ग सोध्दै थिई । श्र

“किन र ? यति राम्री छयौ । आफ्नो खुट्टामा उभिएकी छयौ । के गाहृो छ र ?” मैले भन्दा उ नपत्याए झै गरेर मलाई हेर्दै थिई ।श्र
हुन पनि उसका स“गैका साथीभाइले काखमा छोराछोरी च्यापेर आएको देख्ता आफ्नो बारेमा पनि कसैले सोचेर बिहा गर्दिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर आफ्नो व्यवहार आफ्नो संसार आफैंले बनाउनुपर्ने उसको बारेमा सोच्ने कोहि थिएन । त्यसैले गर्दा होला शायद उ आफ्नो बिहा कुनै दिन होला भन्ने कुरामा शकां गर्थी ।

कति अचम्म ! हरेक कुरामा उ मलाई पछि पार्दै थिई । म भने कुनै टी. भी सिरियल हेरेझैं उसलाई पक्क परेर हेर्दै थिए“ ।

सा“झ ६ बजेपछि बाहिर हिड्दा डराउ“दै हिंडने म र त्यत्रा ठुलाठुला घना जङ्कल, पहाड एक्लै काट्ने गर्थी उ रातबिरात केहि नभनीकन । महिला सशक्तिकरणको सैद्धान्तिक ज्ञान लिएकी म र व्यवहारिक रूपमा प्रयोग गर्दै आएकी उ, साँच्चै शक्ति नै थिई महिलाको नाममा । उसका अगाडि कति अशक्त अनुभव गरेकी थिए“ मैले । अशिक्षित उ शिक्षित म, आफूलाई कति सानो अनुभव गर्दै थिए“ँ

आफ्नो बाबुस“ग सम्पत्ति अधिकारको माग गर्ने म र सम्पत्ति अधिकारको कुरा थाहै नपाएकी उसले आफ्नो सम्पत्ति आफैं जोडेकी थिई । अधिकार के हो ? सुन्दै नसुनेकी उसले अधिकारको सृजना आफैंं परिस्थितिवश गरेकी थिई । मभन्दा धेरै स्वतन्त्रताको उपभोग उ गरिरहेकी थिई । तर उसका हरेक कामहरू आफैं सृजित थिए अज्ञानतावश नै । यी सबैका पछाडिका कुनै प्राप्तिको लक्ष्य थिएन मात्रै थियो खानु, लाउनु र बा“च्नु । उसको चेतन र अवचेतन दुवै मनले यति कुरामात्रै मनन गर्न सक्थे । तर मेरा दुवै मनले यी आधारभूत आवश्यकताबाहेकका धेरै कुराहरू खेलाउने गर्थे । यहिंनेर आएर मेरो चेतनाले उ भन्दा ‘एक स्टेप’ माथि पुर्याएको थियो मलाई । उ पनि ब“ाच्नको लागि संघर्षरत थिई र म पनि । फरक यति मात्रै थियो उ ब“ाच्नको लागि ब“ाच्दै छ म मरेपछि ब“ाच्न सकिन्छ कि भन्दै ब“ाच्दै छु ।

तर पनि हामी दुवैको मूल उद्देश्य एउटै थियो बा“च्नु । यहि बा“च्ने चाहनाले गर्दा नै मलाई मेरो चेतनाले बाउन्ने बनाउ“दै छ आज पनि ।

उ शायद अझैं उहि भारी बोक्तै होली , मजस्तै थुप्रै मान्छेस“ग उस्तै कथा सुनाउ“दै होली । “दिदि ! फर्केपछि त मलाई बिर्सन्छौ होला है?” उसले हिंडने बेलामा मलाई सोधेकी थिई ।श्र

नबिर्सिने बाचा बन्धन गर्दै हिडेकी थिए“ म , त™ धेरै महिनासम्म उसलाई भुसुक्कै बिर्सन बाध्य भएकी थिए“ ँ तर पनि कहिलेकाहि भारी बाक्तै हिडिरहेकी कोहि राम्री युवती देख्ता सम्झछु

“दिदी ? जाने हैन ?”

Manisha Bhattrai ,
Freising, Germany

(स्रोत : Pardesh.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.