~केशवराज सिल्वाल~
मेरो पाइलाहरू बढ्दै थिए
जहाँ निषेधित क्षेत्र तोकिएको थियो
र हतियारबद्ध पहरेदारहरू खडा थिए
अन्ततः म थुनिएँ ।
निषेधित क्षेत्र खडा गरेका थिए उनीहरूले
जहाँ उनीहरू आरामले सुत्थे
र बाहिर मरिरहेको हुन्थ्यौं हामी ।
उनीहरू खडा गर्दै थिए चेकपोष्टहरू
जो आपूmलाई स्वतन्त्रताका ठेकेदार ठान्थे
र आफ्नै घर पुग्न पनि हामीलाई
जाँचिनु पथ्र्यो सयौं चेकपाष्टहरूबाट ।
काँडेतार लगाएर सुरक्षित थिए
यहाँका सरक्षाकर्मीहरू
जोसँग आँखा जुधाउनु पनि
जघन्य अपराध थियो ।
एकतर्फी बोर्डहरू थिए बाटोहरूमा
जहाँबाट फर्कन निषेधित थियो
खुलमखुल्ला कुँदिरहेका थिए बुलडगहरू
भवन भत्काइरहेका थिए बुल्डोजरहरू ।
निषेधित क्षेत्रभित्र बस्थे उनीहरू
र रातको अँध्यारो उत्पादन गर्थे
त्यही रातको उपहार दिएर हामीलाई
उज्यालोको कथा सुनाउँथे ।
Keshab R. Silwal ,
Kathmandu, Nepal
(स्रोत : Pardesh.com)