फेरिन्छन्
धनीेको लागी स्टाईलका जुत्ता फेरिन्छन्
मनीको लागी संसदमा भत्ता फेरिन्छन्
गनी गनी क्यासिनोमा तासको पत्ता फेरिन्छन्
हनीको लागी विल्डिड०्का भित्ता फेरिन्छन्
बनि गर्ने गरीबको जग्गाका कित्ता फेरिन्छन्
सुनी नबोली घूस थाप्ने हातका वित्ता फेरिन्छन्
मुनी गोडा मोल्दै ठूला पदमा पुगेकाका लागी
हो नी विदेशी व्यांकका खाता रित्ता, फेरिन्छन्
कनी कनी जनता छोडी प्रधानमंत्री बन्ने दौडधूपमा
फनी, हाउ फनी, छिन छिनमै यहां सत्ता फेरिन्छन्
आधा दु:ख
दु:खै दिनु नै छ भने पूरै दु:ख देउ
आधा दु:ख मुटुमा छचल्किन्छ
मार्नु नै छ भने पुरै परिवार मारिदेउ
बांच्नेहरुको आंखा छचल्किन्छ
मुख बाउने माछा
दुईतिर ठूला माछा
बिच्चमा भुरा
चल्न चर्पटाउन
सक्तैन पुरा
एउटा माछा बोल्दैन
मुख पनि खोल्दैन
अर्को माछा चिच्याउंछ
मुख मात्र बाउंछ
Rakesh Karki ,
Canada
Issue : 2005
(स्रोत : Pardesh.com)