सहरको भिडमा पनि एक्लै भएँ म
छेउमै छ सागर तर प्यासै रहें म
अरुको बारेमा सोच्न कसलाई फुरसद यहाँ
खाटा परेका घाउहरु क्mोट्याउँदै बसें म
यादहरुले जन्ती नै लिएर आएछन्
यिनै त हुन् आप्mना, यिनकै पछि गएँ म
थाहा छ सहर तैंले धेरैलाई चपाइसकिस् !
तैंले थापेको जालमा आज परें म
ओठमा सँधै हाँसो देखे पनि “विभोर” !
पीडाको ज्वालाले भित्र–भित्रै जलें म
Bibhor Baral ,
Kathmandu, Nepal
Issue : 2004
(स्रोत : Pardesh.com)