घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रैछ
कहिले घर फर्कूँ भन्ने रहर मनमा जाग्दो रैछ
चाहना र इच्छाहरु जिन्दगीमा धेरै थिए
जन्मघर झुप्रो नै होस् त्यही घर प्यारो लाग्दो रैछ
आमा बाबु दुखी नै हुन् तिनकै माया लाग्दो रैछ
दशैं आयो आशिष दिने वृध्द अनुहार आउँदो रहेछ
तिहार आयो बहिनीको माया सयपत्रीमा फुल्दो रहेछ
देउसी खेल्ने दौतरी दाजुभाई धेरै थिए
ती सबै संझी ल्याउँदा मन वैरागी हुँदोरहेछ
संझना त आँखाबाट आँशू बनी बग्दोरहेछ
खानु लाउनु भन्ने कुरा परिश्रमको फल रहेछ
अभाव र गरीबी त जहाँ पनि हुँदोरहेछ
जीवन के हो बुझाउने हाय!
आफ्नाहरु धेरै थिए
संझी ल्याउँदा सुख दुख मनैको सन्तोष रहेछ
मायालुको संझना ले एक्लै बस्दा रुवाउँदोरहेछ
स्वर : किरण प्रधान
शब्द / सङ्गीत : गणेश रसिक