~गोरखवहादुर सिंह~
कोठा पर्याप्त ठूलो र खचाखच फर्निचरले भरिएको थियो। पी.ए.को टेबुलबाहेक सबै कुर्सी। कुर्सी मात्र पर्याप्त सङ्ख्यामा थिएनन् ‘कतै कुर्सी खाली भए बस्नहुन्थ्यो’ को सङ्ख्या पनि पर्याप्त थियो।
कहिले भीडसँग वार्ता, अन्तर्वार्ता, कहिले फाइलसँग मन्त्रीकक्षको भित्र बाहिर, कहिले फोन र टिपोट– पी.ए. थियो अत्यन्त व्यस्त भीड थियो पालोका लागि आतुर। एघार बजेदेखि पालो पर्खेर बसेको रामानन्द शुक्लको पालो आउन दुई बज्नुपर्यो।
2010 – 05 – 13
(स्रोत : NepaliLaghukatha.com )