छरिता र सुन्दर जिउडाल भएका नारीहरुका नाप नक्सा नारी पुरुष दुबैको चासोको विषय भयो ।
टेलिभिजनमा आउने विज्ञापनले उचाई बढाउ भन्यो । युवतीहरु पेन्सिल हिल लगाएर उचाई मात्र बढाएनन् सुन्दरताको उचाई पनि बढाए ।
कम्मर, पेटको बोसो घटाउ भन्यो । युवतीहरुले त्यो घटाएर नितम्बमा थपे ।
पुरुषहरुका आँखाले बक्षस्थलको साईज बढाउ भन्यो । युवतीहरुले साईज मात्र बढाएनन् अलिकति भए पनि देखाएरै हिँड्न थाले
‘सुन्दर, आकर्षक भएर अफिस आउनू’- हाकिमहरुले भने । कसैले लुगाको लम्बाई घटाए कसैले ‘भि’ सेप र ‘यू’ सेप बढाए ।
गाला, ओठको प्राकृतिक लाली थरी थरीका रंग पोतेर छोपे । कसैले आँखी भौं काटेर कालो पोते… ।
उमेर नपुगेका चिचिलाहरु आफू युवती देखिन रंग रोगन र श्रृंगार पटार गरेर हिँड्न थाले । बुढी भइसकेका आइमाईहरु तरुनी देखिन हर उपाय लगाएर आफ्नै शरिरलाई दःुखै दिएर पनि सुन्दरी भइ छाड्ने होडबाजीमा लागे । नारीहरुको सुन्दरता प्रतिको यस्तो मोह र मेहनत देखेर अल्छी पुरुषहरुलाई ईष्र्या लाग्न थाल्यो । नारीहरुको यस्तो क्रियाकलाप देखेर एक पुरुषवादी कुर्ले –‘नारीका शत्रु नारी नै हुन्छन् भन्थे त्यति मात्र होईन नारीहरु आफ्नै शरिरको शत्रु पनि हुँदा रहेछन् । कति सास्ती दिन सकेका आफ्नै शरिरलाई !’
(स्रोत : NepaliLaghukatha.com )