मेरो साथी विश्वास छुट्टिसकेर फर्किएको थियो। एकछिन गफगाफ गरियो। परदेशमासँगै भएपछि केही गोप्यकुराहरू समेत हुन्छन्। उसले भन्यो जनकको नासो पुराउन गएको। कोठामा नन्दिनी मात्रै रहिछन् । बस्नुस् न भनिन् म खाटमा बसे सिरानी र सिरकको आड लगाएर। त्यतिकैमा झोकाएछु।
एकछिन पछि मलाई निदमै कस्तो कस्तो अनुभव भएर यसो आँखा खोलेको त नन्दिनीपनि म्याक्सी लगाएर मेरो आडमै आएर सुतेकिरहिछन्। म अन्यमनस्क भए। मनमा तूफान चल्यो। म भित्रको इन्सानले झकझकायो उठ् भाग् परस्त्री त्यो पनि तेरो आफ्नै साथीको श्रीमती योभन्दा जघन्यअपराध आर्को केही हुँदैन। नारीमा चञ्चलता हुन्छ त्यो प्राकृतिक गुण हो । फेरि म भित्र शैतान जाग्यो र भन्यो केही फरक पर्दैन धरतीले मानीसको सबै आवश्यकता पूरा गरिदिन्छिन् र पनि उनी सदा पवित्र नै रहन्छिन्। इन्सान र शैतानको द्वन्दमा शैतानको जित भयो।
त्यसदिनबाट म भित्र आफ्नै श्रीमतीमाथि पनि विश्वास हगराउदै जान थाल्यो। मनमा अनेक शंका उपशंका, पीडा, पीर चिन्ता र अविश्वासले डेरा जमाउन थाल्यो। मेरी श्रीमती पनि त एक्लै छन्। नन्दिनीजस्तै। उसलाई भेट्न पनि त साथीसंगी उसका नातागोता भिनाजूहरू बारबार आइरहन्छन् यस्तै यस्तै सोचले म खरानी भए भोग आखिर हर हालमा दु:ख र शंका नै बढाउदो रहेछ र यो मिल्नासाथ नै निरास हुने कुरा रहेछ। म त्यसै दिनबाट कुम्भिपाक नरकमा पाकिरहेको छु । आफ्नो नामको अगाडि अ थपेर।
मैले उसलाई भन्ने कुनै शब्द नै पाइन बस यति भने विश्वास भाइ सत्य जे भएपनि संसार विश्वासमा चलेको छ त्यसैले कुनै हालतमा पनि पतिले पत्नीको चरित्रमाथि कहिले संदेह गर्नु हुँदैन।
(स्रोत : Sahityasansar.com)