कथा : कस्तो बिबाह !

~गीता खत्री~Geeta Khatri

धेरै अघि खाटा बसिसकेको घाउ आज फेरि बल्भिmन पुगे जस्तो देखियो । आज एउटा साथीको छोरीको बिबाहभोज थियो, वुडहेभनको मौर्यमा । बिबाहको प्रितीभोज सकियो । ब्यवस्थित सांगीतिक कार्यक्रमसहितको मीठो खानाले होला भोज असाध्यै राम्रो भयो । सबै जना रमाउंदै ठट्टा गर्दै आ-आफ्नो घरतिर लागे । गार्गी पनि भोजगृहबाट बाहिर निस्किइन तर उनको अनुहार अरुहरुको जस्तो हं“सिलो याने रमाइरहेको जस्तो देखिदैन थियो । आफैंभित्र कताकता हराए जस्तो गरेर हिडिंरहेकी थिइन् । उनलाई आफ्नी छोरीको याद आयो जस्तो छ । उनकी छोरी पनि बिबाह उमेरकी थिइन । राम्रो पर्ढाई थियो । चिटिक्क परेकी, ह“सिली, हेर्दैमा केटाहरु लोभिन्थे ।

गार्गीलाई आफ्नो प्यारी छोरीको दीक्षान्त समारोहको सम्झना आयो । कस्तो हर्षको बेला थियो त्यो दिन । दीक्षान्त समारोह सकिए पछि छोरीलाई बिचमा राखी फोटो खिच्दै, खिचाउदै यता उता दौडीरहेको याद आयो । अनि छोरीलाई मन पर्ने उपहार किनिदिएको र उनलाई मन पर्ने रेष्टुरेण्टमा लगेर खाना खुवाएको क्षणको संझना अहिले जस्तो लाग्यो । यो खुसीलाई अझ सार्थक र रौनक भर्न गार्गीले छोरीलाई मनपर्ने साथीहरुलाई बोलाई भोज खुवाउन मन लागेको कुरा छोरी र श्रीमानलाई भनिन् । गार्गीले छोरीलाई आफ्ना मन परेका साथीहरु बोलाउन लगाइन । छोरीले पनि रमाएर भइहाल्छ नी भनी र आफ्ना साथीहरुलाई फोन गर्न थाली । खाना खाइसकेपछि नाचगानको समय आयो सबैजना रमाई रमाई नाचिरहेका थिए । त्यस्तैमा छोरीलाई उनका साथीहरुले “भर्जिन गर्ल” भन्दै जिस्काइरहेको गार्गीको कानमा पर्यो । के भन्छन् मोरीहरु, कति उत्ताउला भएका । गार्गी आफ्नो छोरीको सफलतामा खुसी र गर्वित भएर आफ्नो लोग्नेको नजिकै बसेर छोरीको मीठो भविष्यको सपना देख्दै थिइन । बिहान एक बजेतिर सबैजना घरतिर गए, उनीहरु पनि घर आए । श्रीमान्ले उनलाई भने, “तिमीले मेरो मनलाई समेत जितेर एउटा कुशल श्रीमती त बनिसकेकी थियौ नै तर आज एउटा कुशल आमा पनि बन्न तिमी सफल भयौ, तिमीलाई बधाई छ” भनेर अ“गालो हाले । तब गार्गीको आँखाबाट आँशु रोकिएन । यी आँशु जीवनको सफलताको हर्षका आँशु थिए ।

छोरीको पर्ढाई पनि सकियो, अब बिबाह पनि गर्ने बेला भइरहेको थियो । गार्गी एकातिर छोरीको बिबाहको लागि आवश्यक गरगहना जोडदै थिइन भने अर्कोतिर राम्रो लायकको केटाको पनि खोजी गर्दै थिइन । अमेरिकामा बर्साई सरेका नेपाली समुदायका केटाकेटीहरुलाई एक किसिमको सामाजिक अफ्ठेरो परेको महसृ्स जताततै भइरहेकै छ । उनीहरुको आधा मन नेपाल, नेपाली परम्परा, संस्कृति, र धर्मतिर छ भने आधा मन अमेरिकी समाज, वातावरण, र ऐश्वर्यतिर छ । कुन धारलाई पक्ष्याउने हो ठम्याउन सकिरहेका छैन् । दुबैलाई बिचमा ल्याएर एउटा समकक्षी धार बनाउन पनि सकिरहेका छैनन् । दुबिधामई अवस्थामै गुज्रिरहेका छन् । जन्मेदेखि २५।२६ बर्षको उमेर भएसम्म माया, ममता दिने, हेरचाह गर्नेदेखि कहिले कहीं गाली पिटाइसम्म गर्ने आमाबाबुको चाहनालाई स्वीकार गर्ने हो की, ती सबै बन्धन तोडेर स्वतन्त्र भएर बस्ने । यस्तै परिस्थितिमा थिइन गार्गीकी छोरी करिना पनि । आमाको चाहना थियो छोरीको बिबाह छोरीले नै मन पराएको मान्छेसँग अथवा आफूले खोजीदिएको केटासँग न्यृ्योर्कदेखि काठमाडौंसम्म थर्किने गरि गरिदिने । यस्तो बिबाह यस भन्दा अगाडि कसैले देखेको पनि थिएन र यसपछि पनि देख्ने छैन । किनकी गार्गीलाई अरु छोरीको बिबाह गर्न पर्ने अबस्था नै थिएन, प्रशस्त पैसा थियो, अनि सबैभन्दा ठृ्लो उनिहरुको मन थियो ।

आज अर्को खुसीको खवर घरमा भित्रियो । छोरी करिनालाई कामको अफर आयो, नाम चलेको कम्पनीबाट, जुन बिषयमा उनले अध्ययन गरेकी थिइन, त्यसैमा । आफूलाई कुनै बिषयमा चासो भएर अध्ययन गरेको, अनि त्यसैमा काम गर्न पाउँदा कसलाई खुसी नलाग्ला र । हरेक बिद्यार्थीको चाहना पनि त्यही नै हो । यसले उनीहरुलाई आफ्नो भविष्य जाज्वल्यमान गराउन पनि मद्दत गर्दछ । गार्गीले मिर्ठाई ल्याएर घरमा सबैलाई खुवाइन । छोरीको कामको अफरले गार्गीको घरमा खुसी र दुःख एकैपटक भित्र्यायो । कामको अफर न्यृ्योर्कमा नभएर नर्थ डकोटा राज्यमा थियो । छोरीले घर छोडनु पर्ने भयो । लाडप्यारले हुर्काएकी छोरी बाबु-आमाबाट पर जाने भई, एक्लै पर्ने भई, के कस्ता साथीहरु पाउनेछिन् आदि-आदि कुराको चिन्ता गार्गीलाई लाग्न थाल्यो । यस्ता चिन्ता नलिए पनि हुने हो । पश्चिमेली समाजले त यसलाई सामान्य रुपमा नै लिन्छन्, पृ्र्वेली समाजले भने अझै आफ्नो परम्परा, संस्कृति र प्रचलनलाई छोडन सकेको छैन । नेपालीहरु जहा“ गएर बसे पनि आफ्नो धर्म, संस्कृति र प्रचलनलाई अँगालिरहेकै हुन्छन् । सायद यही नै उनिहरुको चिनारी पनि हो की । छोरा एक्लै बाहिर जादा परिवारले उसको त्यति धेरै चिन्ता लिदैनन् तर छोरी जा“ंदा भने असाध्यै धेरै चिन्ता लिन्छन् । के छोरीमा केही सामाजिक कमजोरी छ र ? यदि छ भने किन छोरीहरुले यो कमजोरीलाई उतारेर नफाली दिने । यस्ता कुराहरुको बाढी नै आयो गार्गीको मनमा ।

करिनालाई सोमबारबाटै काममा उपस्थित हुने निर्देशन थियो । छोरीलाई चाहिने सामानको तयारीमा आमाछोरी नै जुटेका थिए । आइतबारसम्ममा सबै किनमेल सकिइसकेको थियो । छोरीले केही दिनको लागि होटलमा बस्ने र त्यहां“ पुगेपछि कोठाको बन्दोबस्त गर्ने योजना थियो । सोमबार बिहानै छोरीलाई बिदाई गर्न आमाबाबु दुबै एयरपोर्ट पुगेका थिए । बिदाई पश्चात नमीठो अनुहार लिएर उनिहरु घर फर्के । कताकता उनिहरुको छोरीलाई दुलही बनाएर घरबाट अन्माई पठाउने रहर यत्तिकैमा टुंगिने पो हो की जस्तो मनमा लाग्यो । के गर्ने जीवनको चक्र नै यस्तो ।

आमा-छोरीबिच समय समयमा फोनमा कुरा हुन्थे, नर्थ डकोटाको जाडो, गर्मी साथै नयाँ साथीभाइहरुको खबर । यसरी नै करिनाको एक बर्ष नर्थ डकोटामा बित्यो । छोरीलाई भेटन जाने इच्छा गार्गीले श्रीमान्सँग गरिन र छोरीलाई क्रिसमसमा भेटन आउने कुरा सुनाईन तर करिनाले एक जना केटी साथीसहित आफैं आमा-बाबुलाई भेटन आउने इच्छा जाहेर गरिन् । गार्गी फेरि एक पटक खुसी भइन । किनकी छोराछोरीहरु एक पटक घर छोडेर गएपछि घरमा फर्केर आउन असाध्यै गाह्रो मान्छन् भन्ने प्रचलन अमेरिकाको सबैतिर प्रचलित छ । आफ्नी छोरीले आमा-बाबुलाई यसरी आफैं भेटन आउँछु भनेर भन्दा गार्गी भित्रभित्रै गद्गद् र आफ्नी छोरीप्रति गर्बित भइन । मनमनै छोरीको बिबाहको व्यवस्था यो सालमा जसरी भएपनि मिलाउनु पर्छ भन्ने अठोट पनि लिइन ।

क्रिसमसको अघिल्लो दिन छोरी र उनकी साथी घरमा आइपुगे । जाडोको दिन थियो । गार्गीले खाना तयार पारिसकेकी थिइन । सुत्नको लागि एउटा बेग्लै ओछ्यानको व्यवस्था पनि गरिदिएकी थिइन । एकछिन भलाकुसारी भए, थकाई लागेकोले उनीहरुले सुत्न जाने मन गरे । गार्गीको मनमा भने कुन बेला छोरीलाई आफ्नो मनको कुरा व्यक्त गरौं जस्तो भइरहेको थियो, कहाँबाट यो घांडो बोकेर आइछ भन्ने जस्तो लागि रह्यो । ठीकै छ भोलि नै कुरा गरौंला भनेर त्यो रात छोरी र छोरीको साथीलाई सुत्ने बिदाई दिइन । बिहानै गार्गीले बिहानको खाना तयार गरिसकेकी थिइन । खानाखाई सकेपछि यो केटीलाई एकछिन बाहिर पठाएर छोरीसँग आफ्नो मनका कुरा पोख्ने बिचार गार्गीको मनमा थियो र फटाफट खाना बाँडन थालिन । एकछिन खानाको बारेमा कुरा भए, रमाइलो नै भयो । अनि छोरीले साथीको परिचय गराउन शुरु गरिन । नाम त हिजो बेलुकी नै भनेकी थिइ रोमी भनेर, फेरि के थप परिचय चाहियो र भने जस्तो लाग्यो गार्गीको मनमा । तैपनि सुन्नै पर्यो, एउटै टेबलमा बसेर खाना खान बसेपछि । करिनाले भनिन “रोमी मेरो श्रीमान् हुन्, उनीसँग मैले बिबाह गरें । ६।७ महिनादेखि हामीसंगै बस्थ्यौं र गत महिना अदालतमा गएर बिबाह गर्यौं । बिबाहपछि तपाईहरुसँग भेटौं भनेर यो क्रिसमसको अवसर पारेर आएका” । यी बाक्यांशहरुले गार्गीको अगाडि प्रलय आए जस्तो भयो उनले केही पनि देखिन, ती शब्दहरु सपनामा सुनेको होकी बिपनामै हो छुट्याउन पनि सकिनन् । सिनेमा हेरिरहेको पो हो की जस्तो पनि भयो । उनको मानसपटलमा यतीखेर केही पनि आएन । सबैतिर अन्धकार जस्तो भयो । केही बोल्न पनि सकिनन् । यो बुझेर उनका श्रीमान् सोमदत्तले उनलाई समातेर भित्र कोठामा लगेर ओछ्यानमा पल्र्टाई दिए । सोमदत्त असाध्यै दयालु र नरम मिजासका मान्छे हुन् । उनले गार्गीलाई घर भित्र्याएको ३५ बर्ष पनि नाघिसकेको थियो । यसरी गार्गी निष्तेज, निष्प्राण जस्तो भएको कहिल्यै देखेका थिएन । उनिभित्र भएको त्यो पीडा त कता हो कता, गार्गीलाई कसरी बास्तविकतामा ल्याउने भन्ने पो उनको पीर भयो । कोशिस गर्दा गर्दै उनी मनमनै सोच्न थाले की मैले आजसम्म कसैको केही पनि बिगार गरे जस्तो लाग्दैन, कसैलाई पनि हानी पुग्ने काम गरेजस्तो पनि लागेन तैपनि मेरो परिबारमा किन यस्तो अप्राकृतिक समस्याले जन्म लिन पुग्यो । के यस्ले समाजलाई केही फाइदा दिन्छ त -, किन यस्लाई अदालतले मान्यता दिनु पर्यो – मान्छेको दिमागमा किन यस्तो अप्राकृतिक सोचाई राखि दिएछन् भगवानले पनि । यस्तो कुरा सोच्दासोच्दै उनिभित्र रक्तसंचार बढी भए जस्तो लाग्यो, जीउ नै तातेर आयो । अनि उनले केही पनि देखेनन् र थाहा पनि पाएनन् । केहीबेर पछि सोमदत्तको होस आयो, भुइँबाट उठे, आफूलाई सम्हाले, अनि गार्गीलाई हेरे । उनी अघिकै अवस्थामा एकोहोरो हेरेर सुतिरहेकी थिइन । सोमदत्तले गार्गीको नारी जाँचे, ठीकै थियो । अनि भने “गार्गी जे भयो भयो, के गर्ने पीर गरेर हुँदैन, हाम्रो तर्फबाट केही कमी गरेका थिएनौं । परिवर्तनशील संसारमा परिवर्तनहरु भइरहनछन् । अप्राकृतिक कुराहरु लामो समयसम्म टिक्न गाह्रो हुन्छ, केही समय पछि परिवर्तन आउन पनि सक्छ, युगको माग नै यो हो की, जीवन अझै बाँकी छ, यात्रा टुंगिएको छैन, उठ अझ बलियो भएर उठ” ।

धेरै समयसम्म उनिहरु बाहिर कतै देखिएन । अढाइ बर्ष पछि मैले गार्गी र सोमदत्तलाई देखेेको आजै हो । गार्गी दुब्लाएर अझ पातली भइछन् । सोमदत्त पनि दुब्लो देखिएका रहेछन् । तर उनीहरु पहिलेको भन्दा अझ राम्रा देखिन्थे । सबैसँग मीठा मीठा कुरा गरे, कतिलाई पारिबारिक सल्लाह पनि दिए । मलाई लाग्यो समय बित्दै गयो, घाउ पुरिदै गयो । निको पनि भयो । तर कहिल्यै नमेटिने गरि खाटा चाहिं बसी रह्यो ।

– न्यूयोर्क
gitakhatri@gmail.com

(स्रोत : Nepalipost.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.