~नवराज सुब्बा~
तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।
दुई नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।
सिउरिदिएको त्यो फूल ओइली झ¥यो कि कसो
थाहै नपाई त्यो गलामा चँुडिएको माला बनेंछु ।
मलाई माया गर्ने केवल एउटी तिमी थियौ
ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु ।
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.