१
मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ?
छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ?
जसो तसो जोगाएर राखेकै’थें सिङ्गै मुटु
टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ?
२
जिउने आधार एउटै मुटु, आधा लुटी छाड्यौ मलाई
खुराफाती तिम्रै मन’थ्यो,आखिर धोका बाँड्यौ मलाई
बाँच्छु भन्थे दुई चार दिन तितो यादसंग पनि
जिउँदो लाश बनाएर माटोभित्रै गााड्यौ मलाई
३
कहाँ कसको लागिन र ?पाउ जिन्दगीमा
आफ्नो कहीं तैरिएन नाउ जिन्दगीमा
उमेरको हिसाब चुक्ता, हुनै लागिसक्यो
ऐले सम्म पर्या हैन, एकै दाउ जिन्दगीमा
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)

