बाँदर हर्ता, बाँदर कर्ता, बाँदरकै छ प्रशासन!
यो देशमा मान्छेको कैले, देख्न पाइएन सासन!!
च्याँ च्याँ, चुई चुई, ङयार्र ङुर्र, सँधैको छ झगडा!
त के बाँदर, म पो बाँदर, त भन्दा म तगडा!!
चिथोरेर कोपरेर, जता–ततै तनाव!
तनाव शान्त होला भनि, गरि टोपले चुनाव!!
जित्ने हार्नेको थियो बिचमा, ठूलै भोटको अन्तर!
हार्नेहरुले सत्ता पाए, खै के गरेछन् मन्तर!!
संविधान लेख्ने जिम्मा पनि, बाँदरले नै पाए!
हातमा कलम लिएर बाँदर, संविधान भवनमा छाए!!
बाँदरहरुले अरवौको, खाईसके मकै!
नेता वाँदर अगाईहाले, हामि जनता भोकै!!
बाँदर आखिर बादरनै हुन, स्वभावैले छुच्चो!
संविधान लेख्ने कलमको, भाँचिदिए चुच्चो!!
भवन भरि पोति दिए, सबै कालो मसि!
बाहिरिए पुच्चर मुनि, रातो मसि धसि!!
एउटा बाँदर सालो पर्यो, अर्को बाँदर भेना!
स्ट्यान्ड् वाइमा बसेका छन्, दुवै बाँदर सेना!!
बाँदरकै हातमा रहेकोछ, यो देशको भबिष्य!
अझै आशा गरौ बाँदरले, राम्रै गर्लान अवश्य!!
–हरिवंश आचार्य
(स्रोत : Hari Bansha Acharya Dai’s Facebook)