म विश्वस्त छु
जन्मदैमा मलाई
आशङ्का हुनु पर्छ
काल क्रमसँगै
आशङ्का शङ्कामा परिवर्तन हुन गयो
हेक्का उच निचको
बृध्दि हुने क्रममा
शङ्का यथार्थमा परिणत भयो
हाम्रो प्यारो गोरखा
प्रत्येक वर्तमानका शोषणबाट
पिल्सिईरहेको पो रहेछ ।
प्रत्येक गोरखालीहरले
आ–आफ्नो छातिमा
लडाईका विउ उमारेर
विजयको वाला
लहलह झुलाएका थिए
राष्ट्रिय एकताको माला गाँस्दै
विश्वासका पूmल फुलाएका थिए
अन्ततोगत्वा
चार वर्ण छत्तिस जातको
सुगन्धित फूलवारी सृजिए ।
फुटेको ऐनासरी
टुक्रा टुक्रा राज्यहरुलाई
एकताको साङ्लोमा बाँधेर
इतिहासमा घनिभूत हुँदै
राष्ट्र निर्माणमा सफल गोरखालाई
प्रत्येक वर्तमानहरुमा
निर्जिव ढुङ्गा बनाउने
कपटी खेल सुरु भयो
भौतिक उन्नती र विकासको
के कुरा गर्नु
मात्र अस्तित्व रक्षाका लागि
अस्पिन्जर भै
इतिहासको चार दिवालभित्र
कैदी जीवन जिउन
बाध्य हुन पुग्यो गोरखा ।
हाम्रो त के कुरा भो र ?
आठ दश पुस्ता पहिलेकै पुर्खाहरुले
किन देख्न पाएनन्
इतिहास निर्माण गर्ने
नारायणदास, मणिराम र पाँडे गणेशको
भगिरथ, बिशे र झागल गुरुङको
अनि यस्तै यस्तै अनेक थर घरका
समग्र महारथीहरुको
हँसिलो भाब भङ्गिमा
मुस्कुराई रहेका शालिकहरु
उफ
खोलो त¥यो लौरो बिस्र्यो
कृतघ्नताको पनि त हद हुन्छ
कस्तो अविवेकी
प्रत्येक वर्तमानहरु ।
हिमाल स्वयं तात्न सक्छ
पानी आपैm तिर्खाउन सक्छ
अनि स्वाभाविक छ परिवर्तन भूगोलको
सगरमाथा समुन्द्र बन्ला
जसरी समुन्द्रमा नै बन्यो सगरमाथा
तर, तर कदापि
परिवर्तन हुन सक्ने छैन
इतिहास गोरखाको
बहादुरी गोरखालीहरुको ।
—राजेन्द्रप्रसाद अर्याल
२०६४ काठमाडौं
हाल – म्याडिसन, विस्कन्सिन,अमेरिका ।
(स्रोत : रचनाकार स्वयंले पठाउनुभएको । )